Home » » प्रचारका लागि साइकलमा हमाल....

प्रचारका लागि साइकलमा हमाल....


सुविधायुक्त सवारी साधनका सौखिन मानिन्छन् नायक राजेश हमाल । उनको अर्को पनि विषेशता छ, आफैंले अभिनय
गरेको चलचित्रको प्रचारमा समेत सकेसम्म उपस्थित नहुनु ।
यसपाली चलचित्रको प्रचारकै लागि साईकल यात्रा रोजेका छन् उनले । चलचित्र ‘बागमती’लेे किर्तिपुरमा आयोजना
गरेको साईकल यात्रा उद्घाटन गर्न पुगेका हमालले केहीवेर यसमै यात्रा गरे ।
‘बागमती’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माणसंस्थाले प्रचार प्रसार तीब्र बनाएको छ । कार्यक्रममा मन्तब्य दिँदै
हमालले आˆनो नयाँ चलचित्र ‘बागमती’ हेर्न सबै दर्शकलाई अनुरोध समेत गरे ।
हमालले रिबन काटेर सुरु भएको साइकल र्याली किर्तिपुरबाट चोभार, बागमती, नखु, पाटन दरबार स्क्वायर, कुपन्डोल,
त्रिपुरेश्वर, असन, नरदेवी, कालिमाटी, बल्खु हँुदै किर्तिपुरमै पुगेर समापन भएको थियो ।
‘बागमती’ लेखिएको टिसर्ट लगाएर करिब तीनसय जनाले चालीस किलोमिटर साइकल यात्रा गरेका थिए ‘इन्धन बचाऔं
वातावरण जोगाऔं’ भन्ने नाराका साथ साईकल यात्रा गरिएको थियो ।
त्यसो त हमालले अमेरिकाबाट फर्के लगतै ‘बागमती’को प्रचार प्रसारका लागि सहयोग गर्ने आश्वासन निर्माणसंस्थालाई
दिएका थिए । सोही अनुुसार हमाल साईकल यात्रामा सहभागी भएको निर्माण संस्थाको भनाई छ ।
हमाललाई पनि प्रचार प्रसार चाहियो
चलचित्रको प्रचार प्रसारसँग सम्बन्धित प्राय कार्यक्रममा अनुपस्थित हमाल स्यंम प्रचारमा सहभागी हुनुलाई उनले आफ्नो
प्रचारको महसुस् गरेको वुझ्न सकिन्छ ।
नेपाली चलचित्रमा मौलिक पहिचानको खोजी सुरु भएसँगै पुराना पुस्ताका नायक नायिका क्रमश छायाँमा पर्दै गएका
छन् । सायद त्यही महसुस गरेर पनि होला हमालले आफ्नो सक्रियता बढाएका छन् । उनको सक्रियताले चलचित्र
‘बागमती’लाई फाइदा होला नहोला पछि बहस होला । प्रचारमा उनको साथ पाएपछि निर्देशकले भने राम्रै राहतको
महसुस् गर्नेछन् ।
सन्नी केरालाको निर्देशनमा बनेको यो चलचित्र पौष २४ गतेबाट देशभरका हलमा लाग्दैछ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved