Home » » बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !

बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !


'नेताहरु बुढा भइसक्नु भो, चिन्तन केटाकेटी छ'
५ पुस, काठमाडौं । भारतीय नाकाबन्दीले हरेक
नेपाली प्रभावित छन् । कुनै न कुनै रुपमा उनीहरुको
दैनिकी फेरिएको छ र यो अझै कति दिन कायम रहन्छ,
कसैले भन्न सक्ने अवस्था छैन । साइकल चढ्नेदेखि
बिजुलीबाट गुड्ने कार सडकमा गुडाउनेसम्मका
आत्मनिर्भर बन्ने राष्ट्रवादी बहस पनि चलिरहेको छ ।
तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धेरैले भन्ने
गरेको विकास कहिल्यै नगर्ने ‘पाखण्डी राष्ट्रवाद’
काम नलाग्ने बताउँछन् । साथै नेपाललाई विकास गरेको
अवस्थामा भारतलाई नै नाकाबन्दी गर्न सकिने उनको
तर्क छ ।
बाबुरामको प्रस्ताव छ, चिनियाँ पुँजी ल्याएर
लगानी गरौं र भारतसँग उर्जा सम्झौता गरेर बिजुली
बेचौं।’ यसका लागि चीनसँग पनि बिप्पा सम्झौता
गर्नुपर्ने उनको भनाइ छ । सफल अर्थमन्त्रीको छवि
बनाएका भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग बिप्पा
सम्झौता भएको थियो ।
डा. भट्टराईले भनेका छन् कि दुबै देशको पुँजी र प्रविधि
ल्याएर १० हजार मेगावाटको नेपालको कर्णाली
चिसा पानी प्रोजेक्ट बनाऔं । ५ हजार मोगावाट
हामीले खर्च गरौं, ५ हजार भारततिर बेचौं ।’
उर्जा मन्त्रालय सम्हाल्ने हरेकले मन्त्री भएपछि एक
वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्छन् । योपटक त
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्तै घोषणा गरे,
जसलाई डा. भट्टराई हास्यास्पद बताएका छन् । उनको
प्रश्न छ, ‘एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्छन्,
कहाँबाट लोडसेडिङ अन्त्य गर्नुहुन्छ ?’
लोडसेडिङ अन्त्य गर्ने हो भने आफ्नो तरिकाले जानुपर्ने
र यसका लागि ५/७ वर्ष लाग्ने डा. भट्टराईको
विश्लेषण छ । उनले भनेका छन् किभारत र चीन दुबैसँग
बिप्पा सम्झौता गर्ने र दुबैको पुँजी र प्राविधि
ल्याउने । उनले भनेका छन्-‘चिसापानी जस्ता केही
प्रोजेक्ट १० वर्षभित्र ४० हजार बिजुली पैदा गरौं ।’
यसरी उत्पादन हुने बिजुलीमध्ये २० हजार आफूले प्रयोग
गरौं । भट्राईले भने, यसले अहिलेको ग्यास,
पेट्रोललगायतमा निर्भर हुनु पर्दैन । बिजुलीबाट पकाएर
खाऔैं, बिजुलीका कार चढेर हिँडौं ।’
बाँकी २० हजार भारततिर निर्यात गर्नु पर्ने उनको
भनाइ छ । ‘उसले जोरी खोजेर नाकाबन्दी गर्छ भने
हामीले बिजुलीको नाकाबन्दी
गरिदिन्छौं’पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ-
यस्तो आत्मनिर्भर भएपछि उसले नाकाबन्दी गर्ने आँट
गर्छ ? उसले नाकाबन्दी गर्न खोज्यो भने बिहार र
युपीका मान्छेले विद्रोह गरिदिन्छन् । यो पो देश
बनाउने तरिका हो, राष्ट्रवादी हुने तरिका हो ।’
तर, हाम्रा नेताहरु बुढा र केटाकेटी बनेको भट्टराईले
बताएका छन् । ‘मान्छे उमेरले बुढा भइसक्नु भो, चिन्तन
केटाकेटी छ’ उनले भने । आफूले अन्यथा भन्न नखोजेको भन्दै
उनले प्रष्ट्याउँदै भने, ‘उहाँहरुको कुरा सुन्नुस् त, मैले यति
वर्ष जेल बसेँ, ००० सालमा यो भएको थियो,
गणेशमानजीले यो भन्नु भो । वीपीले यसो भन्नु भएको
थियो । मनमोहनजीले यसो भन्नु भो, त्यही कथाबाहेक
केही भन्नुहुन्न । अहिले के गर्ने ? भोलि के गर्ने भन्नुपर्यो
।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved