Home » » विहे भएको एकवर्ष पछि किन घट्छ यौन चाहना ?

विहे भएको एकवर्ष पछि किन घट्छ यौन चाहना ?


ऐसेन्सीः एक अध्ययनले विवाहको एक वर्ष पछि यौन
जीवनमा जोडीबीच उतार चढाव आउने निष्कर्ष निकालेको
छ । वैवाहिक सम्बन्धको एक वर्ष पुग्दासम्म खुशीसाथ यौन
कर्ममा सहभागी हुने जोडीलाई एक वर्ष पछि त्यो खुशी
नमिल्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।
एक वर्षसम्म हुने सेक्स र त्यसका चाहना सँगै त्यसले दिने
खुशीमा रमाउने जोडीमा एक वर्ष पछि उतारचढाव आउने
अनुसन्धानमा उल्लेख गरिएको छ । अध्ययन अनुसार सम्बन्धको
एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा
सम्भोग कार्यको दरमा अकल्पनिय गिरावट हुने गरेको छ ।
म्युनिखस्थित लडविग म्याक्सिमिलियन
विश्वविद्यालयका शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३
हजार जोडीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको
हो । ठूलो संख्यामा जोडीमा उनीहरुको यौन
चाहानाको समय र विवाहको समय तुलना गरेर प्रश्न गरिएको अनुसन्धानकर्ताहरुले बताउका छन् । कतिपय बच्चा भएपछि यौन चाहना घटेर
गएको बताएको समेत अनुसन्धानमा उल्लेख गरिएको छ । यद्यपी म्याक्सिमिलियन विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया समिडबर्गका
अनुसार बच्चा हुनुले दम्पतीको यौन सन्तुष्टिमा खासै भूमिका नखेल्ने बताउछिन् ।
उनको यो व्यक्तिगत अनुभव भन्दा शोधको निष्कर्ष भने अलि फरक रहेको छ । बच्चा भएपछि यौन जोडीका बीचमा हुने मनमुटावले यौन इच्छा
कम गर्छ । अनुसन्धानले झगडालु जोडीमा सेक्सको दर कम हुने समेत देखाइएको छ ।
जोडीका बीचमा सदैव यौन सन्तुष्टिलाई सुरक्षित राख्न झगडाको दर घटाउनु पर्ने निष्कर्ष अनुसन्धान कर्ताले सार्वजनिक गरेका छन् ।
नयाँपेज बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved