Home » » सोनिया गान्धीको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो ?

सोनिया गान्धीको प्रवेशले भारतमा कुन मन्दिर अशुद्ध भो ?

भारतीय राजनीतिमा गान्धी परिवारलाई सधै उच्च
सम्मान साथ हेरिन्छ । फोहोरी राजनीतिको
खेलमा भारत विश्वको अंग्रपत्तिमा छ । तर, पनि कुनै
दलले गान्धी परिवार माथि त्यस्तो अपमान गरेका
छैनन् जुन मेरो देशको राष्ट्र प्रमुख विद्या
भण्डारीमाथि भयो । भारतमा छोटो समय
प्रधानमन्त्री भएका राजीव गान्धिको मृत्युपछि
भारतीय जनताले सोनिया गान्धीलाई सधै सम्मान
र आदर पूर्वक हेर्ने गरेका छन् ।
सन् १९८४ देखि १९८९ सम्म भारतको प्रधानमन्त्री
भएका राजीव गान्धीको ४६ बर्षको युवा उमेरमा
मृत्यु भएपछि गान्धी परिवारमा सोनिया
गान्धीको उदय भयो । भारतीय राजनीतिमा फेरी
गान्धी परिवारको खोजी भयो । इटालीमा
जन्मिएको भएपनि राजीव गान्धीकी श्रीमतिको
नाताले सोनियाको उदय भयो । उनी
राजनीतिमा अब्बल सावित हुदै काग्रेंस आईकी
अध्यक्ष सम्म चयन भइन् । राजनीतिमा आएपछि
प्रधानमन्त्री हुने कयौ अबसर आएपनि उनले त्यसको
लोभ गरिनन् । भारतको राजनीतिमा सोनिया
गान्धीको उदारताको विपक्षी दलले पनि अहिले
बर्णन गर्छन् । पतिको मृत्युपछि परिवार र भारतीय
राजनीतिमा सोनियाले निभाएको कर्तब्यको उच्च
सम्मान गर्छन, भारतीय जनताले ।
भारतको राजनीतिमा सोेनिया गान्धीका छोरा
राहुल गान्धी र प्रियंका गान्धीको पनि राम्रो
पकड छ । पछिल्लो समयमा कट्टर हिन्दूवादी भनिएका
भारतीय जनता पार्टीले (बिजेपी) ठूलो परिमाणमा
मत हासिल गरी विजय प्राप्त गरेपनि गान्धी
परिवारलाई अपमानित हुने ढंगले काम गरेको छैन ।
भारतीय जनताले सोनिया गान्धिलाई संसारका
शक्तिशाली महिलासंग तुलना गर्ने गर्दछन् ।
विश्वकै ठूलो जनसंख्या भएको देश भारतमा फरक
राजनीतिक विचार भएका कयौं राजनीतिक
पार्टी छन् । तर, कसैले पनि त्यस्तो धृडित र निकृष्ट
काम गरेका छ्रैनन्, जुन किसिमको घटना नेपालका
राष्ट्र प्रमुख विद्या भण्डारीमाथि भयो । ढुड्गे
यूगमा महिला माथि हुने धेरै हिंसाका घटना भन्दा
पनि २१ औं शताब्दीमा नेपालमा भएको यो घटना
बर्बर छ ।
‘जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्या
भण्डारीको प्रवेशपछि मन्दिर अशुद्ध भयो भनेर जल
छर्कियो’, यो समाचार सुन्नु र पढ्नु भन्दा केही
अगाडि म टाईम्स म्यागेजिनमा ‘पर्सन अफ द एयर
२०१५’ घोषित जर्मन चान्सर एन्जीला मार्करको
सम्बन्धमा पढ्दै थिए । मार्करसंगै मेरो देशको महिला
राष्ट्रपतिको तुलना गर्दै थिए । त्यसपछि सिएनएन
खोलेर हेर्दै थिए, त्यहा पनि अमेरिकी राष्ट्रपति
दौडमा रहेकी हिलारी क्लीन्टनको नै चर्चा छ ।
जताततै महिला कै चर्चा छ । विश्वमा नै महिला
शक्तिशाली भइरहेको अबस्थामा मलाई पनि मेरो
देशमा राष्ट्रपति महिला भएकोमा निकै गर्वको
महसुस भइरहेको थियो, त्यो समय ।
विद्या भण्डारी राष्ट्रपति भएपछि विश्वका प्रमुख
समाचार संस्था बिबिसी, सिएनएनलगायतले
प्रमुखताका साथ समाचार सम्प्रेषण गरे । नेपालका
पहिला महिला राष्ट्रपति भएकोमा हामी
नेपालीलाई मात्र हैन विश्वका महिलाले गर्बको
महसुस गरिरहेका थिए । तर, एक्कासी नेपालको
समाचार हेरेपछि मन निकै दुःखीत भयो । जानकी
मन्दिरमा विद्या भण्डारीमाथि भएको घटनाले म
आफैलाई नेपाली भन्न पनि लाज लाग्ला जस्तो पो
भएर आयो । समाचार खोलेको एक पलमा नै ‘जानकी
मन्दिरमा विद्या भण्डारीको प्रवेशले मन्दिर अछुतो
भयो, ’ भन्ने समाचारले मन कुडियो ।
मघेसी मूलबाट राष्ट्रपति डा. रामवरण यादव पनि
विदूर नै हुन् । यादव कयौं पटक मन्दिर गए त्यस्तो घटना
सुन्नु परेन । अहिलेको यो घटना २१ औं शताब्दिका
नेपालीको सोच हुनै सक्दैन जस्तो पनि लाग्यो ।
अनलाईन समाचारका न्युज विश्वास नलागेर केही
च्यानल पनि हेरे । आखिर कुरा त्यही रहेछ । यस्तो
घृणित काम त एलियन पनि गर्न सक्दैनन् होला, भन्ने
लाग्यो । यो घटनालाई पशुसंग पनि तुलना गर्न सकिन
। किन भने अमेरिकामा पशुलाई पनि सम्मानपूर्वक
हेरिन्छ । यो घटनाले पशुको पनि अपमान हुन्छ जस्तो
लाग्यो ।
महिला आरक्षण, महिलाका हक र अधिकारमा सधै
अगाडि रहेको नेपालमा किन यस्तो घटना भयो ?
अझ हामीले महिलालाई विधवा पनि हैन एक महिला
भन्न रुचाउछौं । महिलालाई गरिमामय पदमा
पुर्याउछौ । अनि महिलाकै अपमान गछौं । यो कुनै
पनि हालमा हाम्रो सस्कृति हुनै सक्दैन । नेपालको
केही राजनीति दलले महिलामा माथि देखाएको
सादासयताको त्यो सम्पूर्ण ‘क्रेडिट’ अहिलको यो
घटनाले गुमेको छ ।
महिला एउटा देवी पनि हो । आमा पनि हो ।
सरस्वती र लक्ष्मी पनि महिला नै हो । विद्याकी
देवी र नेपाल आमा यस्तो अपमान कसरी भयो ? यो
घटनाले मेरो मन मात्र हैन, धेरै नेपालीको मन दुःखको
छ । घटनामा दोषिलाई हदैसम्मको कडा कारवाही
गर्नेमा सरकार किन उदासिनता छ ? प्रवासमा रहदा
यस्ता धेरै प्रश्नहरु उब्जिएको छ । किन भने मेरो आमा
पनि एकल नै हुनुहुन्छ । त्यसैले पनि यो समाचारले मेरो
मन धेरै बिझायो । मेरो मात्र हैन, होला आफ्नो
आमा, दिदी, बहिनीलाई माया गर्ने हरेकको मन
दुखेको छ । विश्वको सक्तिसाली महिलाको
सूचीमा राखेर विद्या भण्डारीलाई सम्मान गर्नु
पर्नेमा यस्तो चरित्र देखाएर हामीले आफ्नै अपमान
गरेका छौं । ‘आकासमा थुक्यो भने आफ्नै मुखमा
पर्छ’,सबै नेपालीलाई चेतना होस् । जय देश । जय नेपाल

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved