Home » » अख्तियारले माग्यो १० करोड धरौटी, धराैटी खोज्दै वन्त बैंकतिर

अख्तियारले माग्यो १० करोड धरौटी, धराैटी खोज्दै वन्त बैंकतिर

पुस ६, २०७२- ढुवानी
अनियमितता छानबिनका
क्रममा निलम्बनमा परेका सशस्त्र प्रहरी
बलका निलम्बित महानिरिक्षक
कोषराज वन्त ५ बजेपछि धरौटी खोज्न
भन्दै केही बेरअघि अख्तियार हाताबाट
बाहिर निस्किएका छन् ।
बयानका लागि बोलाइएका वन्तसँग
अख्तियारले १० करोड धरौटी मागेपछि
‘म जहाँबाट जसरी भए पनि १
घण्टाभित्र ल्याउँछु भनेर’ निस्किएका
हुन् ।
अख्यियारस्रोतले भन्यो, ‘सोमबार
बयान नसकिने भएपछि हामीले १० करोड
धरौटी मागेका थियौं, उहाँले सहजै
ल्याउँछु भन्दै निस्कनुभयो ।’ तर उनी
निस्कदा बैंकहरुको कार्यालय समय भने
बन्द भइसकेको थियो ।
ढुवानी अनियमिततामा संलग्न
भेटिएपछि अख्तियारको पत्रका
आधारमा चार दिनअघि सरकारले शसस्त्र
प्रहरीका महानिरिक्षक बन्तलाई
निलम्बन गरेको थियो । पत्रका
आधारमा उनी सोमबार बयानका
लागि अख्तियार पुगेका हुन् । बयान
नसकिएपछि उनी थुनामा बस्नुपर्ने वा
धरौटी बुझाउनुपर्ने प्रावधान थियो ।
करिब ७ करोड बिगो कायम हुने
भ्रष्टाचारको छानविनमा उनीमाथि
अख्तियारका अनुसन्धान अधिकृतले
थुनामा नबस्ने भए १० करोड विगो
आवश्यक पर्ने शर्त राखेका थिए । ‘त्यति
धेरै धरौटी सहजै स्विकार्नुभयो,’
अख्तियार स्रोतले भन्यो, ‘धरौटी
ल्याउन सके सम्भवत अहिलेसम्म सबैभन्दा
बढी धरौटी राख्ने कीर्तिमान उहाँको
नै बन्नेछ ।'

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved