Home » » सभामुखलाई मधेसी मोर्चाको प्रश्न-यो संसद ठूलो पार्टीहरुको मात्र हो ?

सभामुखलाई मधेसी मोर्चाको प्रश्न-यो संसद ठूलो पार्टीहरुको मात्र हो ?


१ पुस, काठमाडौं । आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ ।

संसदको बुधबारको बैठक सुरु हुनासाथ मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिए । उनले आफूहरुको नाराबाजीका बीच मंगलबारको बैठकमा विधेयक पेश गरेकोबारे प्रश्न उठाए ।

यसअघि सभामुख स्वयंमले संसद अवरुद्ध भएको बेला बैठक अघि बढ्न सक्दैन भनेको तर, मंगलबार अर्को रुलिङ नगरी बैठक अघि बढाएको भन्दै सांसद कर्णले नियमापत्ति गरे । ‘सरकारले जे भन्छ, त्यही गर्ने हो भने रुलिङ गर्नुस्’ कर्णले भने-‘ठूलो पार्टीको मात्र संसद हो, सानो पार्टीको कुनै अर्थ छैन भनेर रुलिङ गर्नुपर्‍यो । होइन भने सच्याउनुपर्छ ।’

उनले अर्को रुलिङ नभएसम्म संसद बहिस्कार गर्ने घोषणा गरे । लगतै मोर्चाका सांसदहरु बाहिरिए ।

पुनर्निर्माण विधेयकमा समर्थन

कर्णले संसदमा पेश भएको पुनर्निर्माण विधेयकमा भने मधेसी मोर्चाको समर्थन रहेको बताएका छन् । मधेसी मोर्चाले यसअघि पपन मानवीय विषयसँग जोडिएको भन्दै विधेयक पास हुन दिने बताएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved