काठमाडौं, ७ पुस । सद्भावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सरकारले औपचारिक रुपमा आफूले
उठाएका माग स्वीकार गरेको भन्दै वार्तालाई निरन्तरता दिनुपर्ने बताउनुभएको
छ ।
वीरगञ्जमा रहनुभएका अध्यक्ष महताले आज बिहान दैनिक नेपाल डटकमसँग कुरागर्दै
पछिल्लो पटक देखिएको राजनीतिक सम्वाद र वार्ताले केही हदसम्म सकारात्मक
संकेत गरेको बताउनुभयो ।
‘सरकारले हिजोसम्म स्वीकार नगरेको विषयलाई अहिले स्वीकार गर्नु
सकारात्मक हो’, उहाँले भन्नुभयो, ‘सीमाङ्कन, नागरिकतासहितका विषयलाई
प्याकेजमा सहमति भइ संविधान संशोधन भए तराई मधेसको आन्दोलन रोकिन्छ ।
होइन भने आन्दोलन जारी रहन्छ ।’
भारतको बिदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तलाई सकारात्मक
रहेको बताउनुभएका अध्यक्ष महताले भन्नुभयो, ‘सरकारले निर्णय गरेको तीन बुँदे
निर्णयको भारतले स्वागत गर्नु सकारात्मक हो । त्यसलाई छिमेकी राष्ट्रले
देखाएको चासोलाई अन्यथा लिनु हुँदैन ।’
सरकारले आइतबार राति जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने,
सीमाङ्कन राजनीतिक सहमतिमा टुङ्गो लगाउनेलगायतका तीन बुँदे निर्णय
गरेपछि मधेस आन्दोलनको सफेल ल्यान्डिङको तयारी भएको छ ।
बिगत चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले तीन दिनयता
आफ्नो आन्दोलनलाई फेरि चर्काउने प्रयास गरेको छ ।
आन्दोलनकै क्रममा आइतबार रौतहटको गौरमा एक जना आन्दोलनकारीको मृत्यु
भएको थियो ।
Home »
Nepali News
» सरकारले पहिलो पटक हाम्रा मागलाई स्वीकार
गरेको छ : अध्यक्ष महतो
सरकारले पहिलो पटक हाम्रा मागलाई स्वीकार गरेको छ : अध्यक्ष महतो
Posted by Unknown
Posted on 6:50 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment