Home » » धर्नाकारीको पीडाः‘कुकुर र स्यालदेखि रक्स्याहासम्मले दुःख दिन्छन’

धर्नाकारीको पीडाः‘कुकुर र स्यालदेखि रक्स्याहासम्मले दुःख दिन्छन’



वीरगन्ज, पुस ७ । ‘हरेक रात घन्टैपिच्छे दृश्य फरक
यहाँको’,असोस ७ देखि अनवरत वीरगन्ज–
रक्सौल सीमा नाकामा धर्ना बसिरहेका
पर्सा, सुगौलीबिर्ताका सकुर आलमले
सुनाए,‘यहाँ रात बिताउनु सजिलो काम
होइन ।’
दसगजा नाकामा करिब दर्जन धर्नाकारी
यस्ता छन् जसले न साउनेझरी भने न पुसको
ठन्डी निरन्तर धर्ना
दिइरहेकै छन् । तिनै एक दर्शन धर्नाकारीमध्ये
एक हुन, आलम । नेपालको प्रमुख व्यापारिक
नाका वीरगन्ज रक्सोलबीच सिर्सिया
नदीमाथिको मितेरी पुल । वारि नेपाल,
पारि भारत । साउन ३१ देखि बिना
पूर्वघोषणा सुरु भएको अनिश्चितकालीन
तराई–मधेस बन्दको ४१ औं दिन अर्थात असोज
७ देखि आन्दोनरत दलहरुले मितेरी पुलमा धर्ना
थाले ।
नाकाबन्द गरेर आपूर्ति रोक्दै सरकारलाई
आन्दोलनका मागहरुमा सहमत गराउन धर्ना
तीन महिनादेखि जारी छ । धर्ना सुरु हुँदा
यहाँ ‘सामियाना’(आकाश छेडेर छाया
बनाउने परम्परागत टेन्ट) लगाएको थियो ।
त्यति बेला गर्मी थियो, घाम छले पुग्थ्यो ।
बीचमा पानी पर्दा प्लाष्टिकको पाल
हालियो । अहिले सुरुङजस्तो पारिएको
पालको टेन्ट छ । अहिले बढ्दो शीतलहर
सामना यही पालको सहारामा सामना
गरिरहेछन् धर्नाकारी ।
झरीको मौसमदेखि शीतलहरसम्म केही कुरा भने
यहाँको माहोलमा निरन्तर छ । ‘त्यो हो
दुर्गन्ध, लामखुट्टे, स्याल, भुस्याहा कुकुर, राति
आउने रक्स्याहा र तस्कर’, नियमित धर्नामा
रात विताएका मध्ये कृष्ण पटेल कुर्मीले
भने,‘मौसमको प्रकोप र यी समस्याबाहेक
खाने पानी नहुनु र दिसापिसाब गर्न टाढा
जानुपर्ने समस्या र आक्रमणको भय निरन्तर छ
नाकामा ।’
साँझ पर्नुअघि मान्छेहरुको आउजाउ र धर्नामा
ऐक्यबद्धता जनाउन आउनेको घुइँचो हुन्छ ।
सूर्यास्तपछि रात बाक्लिँदै जाँदा अवस्था
फरक हुँदै जान्छ ।
‘अँध्यारो हुनासाथ सबै कुरा फेरिएको हुन्छ,
देखिने कुरा कम हुन्छ, सुनिने आवाज बढी हुन्छ ।
अध्याँरो बाक्लिएपछि इन्डियन नम्बरको
मोटरसाइकल लिएर वीरगन्जतर्फबाट आउनेहरु
एकदुई वचन नलगाई बाटो लाग्दैनन, यहींबाट
तनाव सुरु हुन्छ’, आलमले सुनाए । ‘करिब आठ
बजेसम्म यो क्रम चल्छ ।’ यहीबीच
आन्दोलनकारी पारि चलेको मेसमा, कोही
वीरगन्ज भन्सार छेउ होटलमा खाना खान
पालैपालो निस्कन्छन । धर्नास्थलमा
उपस्थिति पातलिन्छ ।
नागरिक दैनिकबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved