Home » » अमेरिकामा स्कुल जीवन मै ५ जनासम्म यौन पार्टनर

अमेरिकामा स्कुल जीवन मै ५ जनासम्म यौन पार्टनर


एजेन्सी । संसारलाई नयाँ सभ्यताको पाठ सिकाउने
अमेरिका आफै भने कति दयनीय अवस्थामा छ भन्ने एउटा
तत्थ्याङ्कले प्रष्ट पारेको छ । यो खबर अमेरिकाको
स्कुलहरुमा यौन शिक्षाको विषयलाई लिएर
अनुसन्धानकर्मीहरुले पत्ता लगाएको नयाँ तथ्य हो । अरुलाई
विद्यालय देखि नै यौन शिक्षा सिकाउनु पर्छ भनी उपदेश
दिने अमेरिकामा भने सेक्सुअल हेल्थ एजुकेशन पढाई नै नहुने गरेको
खुल्न आएको छ ।
सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेन्सनÞ्स (सीडीसीस)
नामक संस्थाले गरेको अनुसन्धानमा देशमा विभिन्न
स्कूलहरुमा गई एचआईबी, सेक्सुअली ट्रांसमिटिड डिसीजिस
(एसटीडीस), प्रेग्नेंसी प्रिवेन्शन सम्बन्धी अनुसन्धान
गरिएको थियो ।
अनुसन्धानकर्मीहरुले बताएका छन् की,“हामीले स्कुल
पढिरहेका छात्रा, छात्रहरुको बीचमा गएर प्रत्यक्ष सोधपुछ
ग¥यौं । उनीहरुलाई यौन जोखिमका बारेमा ज्ञान बर्दक कुराहरुपनि राख्यौं ।”
उनीहरुले अन्तमा रिपोर्ट पाए की ’’सन् २०१३ मै १५ प्रतिशत किशोर किशोरीमा मा गरिएको यौन सम्बन्धी रिपोर्ट भन्दा २०१५ मा पनि
कुनै फरक पाएनन् । २०१३ मा उनीहरुले स्कुल जीवन मै एक जना बराबर ४ जना भन्दा बढिसँग यौन सम्पर्क हुने गरेको रिपोर्ट पाएका थिए । सन्
२००३ मा गरिएको अनुसन्धानमा पनि यो भन्दा खासै फरक रिपोर्ट नपाएको अनुसन्धानकर्मीहरुले बताएका छन् ।
अमेरिकाका अधिकारकर्मीहरु यौन शिक्षाको कमीका कारण देखिएको यस आकाँडालाई लिएर चिन्तित रहेको बताइएको छ । किशोर
किशोरीहरु कम्डम जस्ता कुनै पनि साधन बिना नै यौन सम्पर्क गर्ने रिपोर्टले थप चिन्ता थपेको बताइएको छ ।
उनीहरु नसालु पदार्थ, सुई जस्ता कुलतमा समेत फँस्ने गरेको अनुसन्धानकर्मीहरुले बताएका छन् । यसबाट भविष्यमा एचआईवी एड्स जस्ता प्राण
घातक रोग निम्ती न सक्ने खतरा रहेको रिपोर्टले देखाएको छ । भविष्यमा भयावह अवस्था आउन सक्ने बताएको छ । यसका लागि स्कुल
आधारित यौन शिक्षा किशोर किशोरीहरुका लागि महत्वपूर्ण पक्ष रहेको बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved