भक्तपुर, पुस २ – यस वर्षको एसएलसी परक्षा आउँदो चैत १८ देखि २९ गतेसम्म हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय
भक्तपुरले यस वर्षको परीक्षा तालिका बुधबार सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार यो वर्षको एसएलसी परीक्षा चैत १८ देखि २९ गतेसम्म हुनेछ । एको वर्ष चैत्र ५ गतेदेखि
१६ गतेसम्म सञ्चालन भएको परीक्षा यसवर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको परीक्षा
नियन्त्रक खगेन्द्र नेपाले जानकारी दिनुभयो ।
यो वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरिने छ । तर परीक्षा संचालनको बिधि भने
गएका वर्षहरुमा जस्तै हुने परीक्षा नियन्त्रक नेपालले जानकारी दिनुभयो ।
परीक्षा तालिका
चैत १८ गते : अनिवार्य अंग्रेजी
चैत १९ गते : अनिवार्य नेपाली
चैत २१ गते : अनिवार्य गणित
चैत २२ गते : अनिवार्य विज्ञान
चैत २३ गते : अनिवार्य सामाजिक
चैत २४ गते ; अनिवार्य स्वास्थ्य तथा जनसंख्या
चैत २५ गते : ऐच्छिक प्रथम
चैत २६ गते : ऐच्छिक द्धितीय
चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक तर्फका बाँकि विषयको परीक्षा सञ्चालन हुनेछ ।
Home »
Nepali News
» यसवर्षको एसएलसी परीक्षा चैत १८ देखि २९ गतेसम्म (परीक्षा तालिकासहित)
यसवर्षको एसएलसी परीक्षा चैत १८ देखि २९ गतेसम्म (परीक्षा तालिकासहित)
Posted by Unknown
Posted on 8:43 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment