काठमाण्डाै १७ मंसिर/ (फाइल तस्विर) भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीले उपप्रधान तथा परराष्ट्रमन्त्री
कमल थापासँग भेट्न इन्कार गरेका छन् । धर्म गुरु वरिशंकर भेट्न
बैंग्लोर पुगेका थापा भारतीय नेतृत्वसँग भेटघाटका लागि
बुधबार दिल्ली पुगेका थिए । थापाले बुधबार विदेशमन्त्री
सुष्मा स्वराज र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार
अजित डोबलसँग भेटेका थिए ।
स्वराज र डोबल दुवैले भारतले नेपालमा नाकाबन्दी नगरेको
जिकिर गर्दै नेपालले आफ्नो समस्या आफैं समाधान गर्नुपर्ने
बताएका थिए ।मोदीसँग समेत भेट्न समय मिल्ने संकेत
पाएपछि थापा भ्रमण एक दिन लम्ब्याएर बुधबार दिल्लीमै
बसेका थिए । श्रोतका अनुसार मोदी भेटघाटका लागि
इच्छुक नदेखिएपछि थापा बिहीबार अपराह्न स्वदेश फर्कंदै छन्
।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले मोदीसँग
थापाको भेट नभएको स्वीकार गरे । ‘उपप्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग भेट गर्न खोज्नुभएको थियो’, श्रेष्ठले भने, ‘तर भेटघाट हुन सकेन
।’यद्यपि नाकाबन्दी हटाउनेबारे भारत सकारात्मक देखिएको दाबी श्रेष्ठको थियो ।
साभार – काठमाण्डु टुड
Home »
Nepali News
» दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापालाई नरेन्द्र मोदीले यसरी झुक्याए: नाकाबन्दी फुकुवा गर्नेबारे भारत सकरात्मक
दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापालाई नरेन्द्र मोदीले यसरी झुक्याए: नाकाबन्दी फुकुवा गर्नेबारे भारत सकरात्मक
Posted by Unknown
Posted on 9:29 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment