मंसिर १६, २०७२- वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध
आन्दोलनकारीलाई भारतीयहरुले आक्रमण गरेका छन् ।
साँझ साढे ८ बजे आन्दोलनकारीह कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । आक्रमणमा पाँच जना
आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि आन्दोलनकारी तितरबितर भएको समयमा एउटा भारतीय ट्रक रक्सौल छिरेको छ । संघीय समावेशी मधेसी
गठबन्धनका नेता राजकुमार यादवले भने, 'केही साथीहरु खाना खान निस्कएको र आन्दोलनकारी कम भएको मौका
छोपेर भारतीय उच्छृंखल समूहले आक्रमण गर्यो ।'
यादवले आफूहरु पुनः धर्नास्थलमा बसेको जानकारी दिए ।
मोर्चा आबद्ध दलका कार्यकर्ताहरुले विगत अढाई महिनादेखि नाकामा बसेर धर्ना दिएका छन् ।
Home »
Nepali News
» नाकामा धर्नामा बसेका आन्दोलनकारीमाथि भारतीयको आक्रमण
नाकामा धर्नामा बसेका आन्दोलनकारीमाथि भारतीयको आक्रमण
Posted by Unknown
Posted on 9:35 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment