Home » » हाँस्यकलाकार मनोज गजुरेलको गुनासो : केटीले विश्वास नै गर्दैनन्...

हाँस्यकलाकार मनोज गजुरेलको गुनासो : केटीले विश्वास नै गर्दैनन्...

काठमाडौं–धेरैलाई लाग्न सक्छ, सबैलाईहँसाएर चर्चामा रहेको मनोज गजुरेललाईपिछा गर्ने केटी निकै होलान् । तर,केटीहरू मसँग कहिल्यै नजिक हुन चाहेनन्,चाहँदैनन् । बिहे लभ गरेर गर्न सफल भए पनिअन्य केटीका हकमा त्यो कहिल्यै भएन ।खासमा मसँग केटीहरू नजिक हुनै डराउँछन्।कुराकानीका क्रममा थाहा पाएकोछु, अधिकांश हास्यव्यंग्य कलाकारले मेरैअवस्था भोगेका रहेछन् । मन पराउनेफ्यान केटी त धेरै भए, तर नजिक हुन सबै नैडराए । कुनै मोडमा मसँग नजिक हुनखोजेजस्तो गर्ने, तर फेरि डराउनेकेटीहरूको मनोविज्ञान बुझ्दा दुईवटाकारण पहिल्याएको छु ।हास्य कलाकारले गर्ने सबै कुराफ्यानहरूलाई केवल हाँसो नै हो भन्नेपर्दो रहेछ । कोही केटी नजिक भएर‘तपाईं मन पर्छ’ भनिन् र मैले ‘ओके’ भनेँ भनेपनि तिनले हाँसोमा उडाएजस्तोठान्ने रहिछिन् । त्यस्तै, कुनै वेला आफैँलेकोही केटी मन पराउँदा पनि विश्वासदिलाउन नसकिएका घटना छन् ।मैले ‘सिरियस’ कुरा गरे पनि उनीहरूलेजोक ठानिदिए । मेरो जीवनकामोडमा यस्ताखाले केही घटना भएकाछन् । केटीहरू मसँग नजिक हुन डराउनुकोकारण मेरो पेसा नै हो ।केटीहरूले ठान्दा रहेछन्, यदि योसँगनजिक भयो र धेरै कुरा सेयर गर्यो भनेहाँसो–मजाककै क्रममा कुनै ठाउँमासम्बन्ध सार्वजनिक गरिदिन सक्छ भनेर ।हास्य कलाकारसँगको सम्बन्ध गोप्य रहनसक्दैन भन्ने डरले नै केटीहरूले विश्वासनगरेको मनोविज्ञान मैले पाएँ ।जोकरसँगका सबै कुरा जोक नै हुन्छन् भन्नेसोचाइ अधिकांश केटीको हुने भएकालेपनि म त ‘लभ अफेयर’को पाटोबाट टाढैछु ।साभार : नयाँ पत्रिका

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved