काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले शुक्रबार पदबाट बुझाएको राजीनामा
गृहमन्त्री शक्तिबहादुर बस्नेतले बुझेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी कम्पनीका
नक्कली बिल भर्पाई तयार गरी करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा वन्तसहित चारजना सुरक्षा
अधिकारीलाई निलम्बन गर्न बिहीबार सरकारलाई परिपत्र गरेको थियो । मन्त्रालयले सशस्त्र
प्रहरी नायव उपरीक्षकद्वय सुमनजंग थापा, रामकृष्ण महर्जन र प्रहरी निरीक्षक बिनबहादुर
थापालाई निलम्बनको पत्र शुक्रबार पठाएको जानकारी गृह स्रोतले दिएको छ ।
महानिरीक्षक वन्त राजीनामा पत्र लिएर गृहमन्त्री बस्नेतको कार्यकक्षमा पुगेका थिए ।
गृहमन्त्रीले अख्तियारले निलम्बनका लागि पत्र लेखिसकेको भन्दै राजीनामापत्र नबुझेका हुन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Home »
Nepali News
» गृहमन्त्रीले बुझेनन् वन्तको
राजीनामा
गृहमन्त्रीले बुझेनन् वन्तको राजीनामा
Posted by Unknown
Posted on 6:00 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment