पुस ३
लण्डन–उपप्रधान तथा परराष्ट्र मन्त्री
कमल थापा संग गोर्खा सत्याग्रह
समिति युकेले गर्ने भनिएको कार्यक्रम
दुतावासले समय नदिएको कारण रद्ध
भएको छ ।
कार्यक्रम रद्ध भएको जानकारी भएपछि
मन्त्री थापाको विरोधमा
आदिवासी जनजातिहरु दुतावासको
गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा
भएका थिए । उनीहरुले ‘मन्त्री
थापालाई युकेमा स्वागत छैन,
संविधानको पूर्नलेखन गर, तराईमा
मच्चाएको नरसंहार बन्द गर, तराईको
जारी आन्दोलनमा मारिएका ५५
जनालाई न्याय दे’ आदि प्ले कार्डहरु
लिएर प्रर्दशन गरेका थिए ।
यस्तै उनीहरुले मन्त्री थापालाई बुझाउन
तयार गरिएको विरोधपत्र कार्यबाहक
राजदुतलाई बुझाएका थिए । विरोध
प्रदर्शनमा स्थानीय प्रहरी र
मिडियाहरुको पनि उपस्थिती थियो
।
नेपाल आदिवासी जनजाति महासङ्घ
युकेको आयोजनामा सम्पन्न विरोध
कार्यक्रममा नेपाली सङ्घीय समाज,
गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय
लिम्बुवान समाज –लिङदेन पक्ष) का
पदाधिकारीहरुको उपस्थिती थियो ।
वर्तमान सरकारको रवैया, बेइमानी र
गम्भिर त्रुटि रहेको संविधान जारी
गरेको कारण विरोध गरेको कुरा
महासङघ अध्यक्ष तुल छन्त्यालले बताउनु
बताए ।
वर्तमान सरकार विरुद्ध यो पहिलो चरण
विरोध मात्र भएको र दोस्रो र
महत्वपूर्ण चरण शुरु भईसकेको महासचिव
कर्म पहाडी शेर्पाले बताए ।
मन्त्री थापा गोर्खा भर्तिको २ सय
बर्षगाँठ मनाउन नेपाल सरकारको
तर्फबाट लण्डन आएका थिए ।
बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका
साँझ सम्पन्न भएको थियो । युके
सरकारबाट आयोजित बर्षगाँठ
समारोहको स्वागत ढोकामा विरोध
गरेर बसेका सङ्घीयवादी मोर्चा तथा
मधेसीहरुको कारण मन्त्री थापा
पछाडिबाट सुटुक्क प्रवेश गरेका थिए ।
बर्षगाँठ समारोहमा भूतपूर्व गोर्खाजन्य
कुनैपनि संस्थाका पदाधिकारीहरु
थिएन्न र दुतावास नजिककाहरुको
मात्र सहभागिता रहेको एक सहभागि
धर्म तामाङले बताए ।
Home »
Nepali News
» लण्डनमा उपप्रधानमन्त्री कमल थापाविरुद्व
प्रदर्शन
लण्डनमा उपप्रधानमन्त्री कमल थापाविरुद्व प्रदर्शन
Posted by Unknown
Posted on 5:12 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment