एजेन्सी । तेलंगानाको राजधानी हैदराबादमा १२
वर्षीय बालिकाको आफ्नै आमाका प्रेमीले
बलात्कार गरेका छन् ।
घटना शैदाबादको सिगारेणी कोलोनीको हो ।
टाइम्स अफ इण्डियाका अनुसार बुधवार विहान ११
बजे आरोपी २७ वर्षीय अमजद आफ्नी प्रेमिकालाई
भेट्न आएका थिए । तर, उनी घरमा भेटिइनन् । घरमा
महिलाकी १२ वर्षीय छोरी थिईन् । त्यसपछि
अमजदले बालिकालाई एक्लै देखेर बलात्कार गरी फरार
भए ।
छिमेकीले बालिकालाई रुँदै–कराउँदै गरेको सुनेपछि
घटनाको जानकारी उनकी आमालाई दिइयो ।
त्यसपछि पीडित बालिकालाई लिएर आमाले प्रहरी
चौकी आरोपी प्रेमीविरुद्ध मुद्दा दर्ता गराइन् ।
प्रहरी अनुसन्धानका अनुसार आरोपी अमजद एक अटो
ड्राइवर हुन् । जसको पीडित बालिकाकी आमासँग
अवैध सम्बन्ध थियो । बालिकाकी आमा विधवा
(एकल) महिला हुन् । बलात्कृत बालिका कक्षा ६ मा
पढ्दै आएकी थिईन् ।
घटनापछि प्रहरीले बालिकाको मेडिकल टेस्ट गरेर
अस्पताल भर्ना गरेको छ । आरोपी अमजदविरुद्ध
जबरजस्तीकरणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
(एजेन्सीको सहयोगमा)
Home »
Nepali News
» आमाका प्रेमीले छोरी ताकेपछि…!
आमाका प्रेमीले छोरी ताकेपछि…!
Posted by Unknown
Posted on 5:08 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment