काठमाडौं, मंसिर १८ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानी सम्राट्
अकिहितोको ८२औं शुभजन्मोत्सवका अवसरमा जापानी राजदूत
मासासी ओगावाले शुक्रबार काठमाडौंमा आयोजना गरेको स्वागत
समारोहमा सरिक भए ।
त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट
जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उनले
नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध
स्थापनाको छ दशक पूरा गरिसकेका असल मित्र राष्ट्र हुन् भन्दै
नेपालको आर्थिक तथा सामाजिक विकासमा जापानले पुर्याउँदै
आएको सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिए ।
सो अवसरमा जापानी राजदूत ओगावाले एक असल मित्र राष्ट्रका
हैसियतमा जापानले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा
पनि निरन्तर रहने स्पस्ट गर्दै हालै जारी संविधान कार्यान्वयनमार्फत्
सदैव शान्त र समृद्ध नेपाल देख्ने जापानको चाहना रहेको बताए ।
राजदूत ओगावाले संविधान जारी भएपछिको परिस्थितिमा
नेपाली नागरिकले ऊर्जालगायतका विभिन्न क्षेत्रमा समस्या
भोगिरहेकोप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण भइरहेको
प्रसंग पनि उल्लेख गरे ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सभासद, पूर्वमन्त्री, नेपाल
सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका विदेशी नियोगका
प्रमुख र प्रतिनिधि तथा नेपालमा रहेका जापानी नागरिकको
सहभागिता थियो । रासस
Home »
Nepali News
» ‘नेपालीले भोगिरहेको समस्याप्रति
जापानको गम्भीर ध्यानाकर्षण’
‘नेपालीले भोगिरहेको समस्याप्रति जापानको गम्भीर ध्यानाकर्षण’
Posted by Unknown
Posted on 5:16 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment