Home » » यी हुन् राष्ट्रपतिलाई तथानाम गाली गर्ने व्यक्ति, जसलाई प्रहरीले अहिलेसम्म पक्रन सकेन्

यी हुन् राष्ट्रपतिलाई तथानाम गाली गर्ने व्यक्ति, जसलाई प्रहरीले अहिलेसम्म पक्रन सकेन्

काठमाडौं, ६ पुस । गत पुस १ गते विवाहपञ्चमीका
अवसरमा जानकी मन्दिरको दर्शन गर्न राष्ट्रपति
विद्यादेवी भण्डारी जनकपुर पुग्दा विरोध भन्दा
गाली बेइज्जत बढी भयो ।
अपमानित गर्ने शब्दहरु र हर्कतले सबैको ध्यान
तान्यो । मन्दिर तोडफोडदेखि
‘चोख्याउने’सम्मका हर्कत स्थानीय
आन्दोलनकारीले गरे । तर, यसमा एक जना सरकारी
शिक्षकले त पुरै सीमा पार गरेर राष्ट्रपतिलाई
तथानाम गाली गरे ।
उनको नाम हो प्रदीप झा । जसले पुरै नेपाली
जनता र राष्ट्रपति पदको गरिमालाई माटोमा
मिलाए । अरुलाई सद्गुण सिकाउने झा आफै
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति
भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दै
तथानाम गाली गरेका छन् ।
सामाजिक सञ्जालमा फैलिएको उनको
टिप्पणीमा, ‘यसपालीको विवाह पञ्चमीको
रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त
पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन
र विधवालाई उपस्थिति हुनु हुँदैन । यहाँ त एउटै
महिलामा दुवै गुण थियो ।’ लेखिएको छ ।
जनताले तिरेको करबाट तलव खाने शिक्षक हुन्
प्रदिप झा । यस्तो फोहोरी मस्तिष्क बोकेर
हिँडिरहेका ‘गुरु’ ले बालबालिकालाई कस्तो
शिक्षा दिइरहेका होलान् ? एउटा सरकारी
शिक्षकले सार्वजनिक रुपमा देशको सम्मानित
संस्थालाई विषाक्त शब्दहरु प्रयोग गरेर निकृष्ट
टिप्पणी गर्दा कुनै कानून लाग्दैन ? नेपालमा
‘साइबर कानून’ नामको कानून क्रियाशील छ ।
यो कानून के ठूलाबडाले आफूलाई मन नपरेका
व्यक्तिहरुलाई फसाउनका लागि मात्रै बनाइएको
हो ? घटना भएको ६ दिन वितिसक्दा पनि
प्रहरीले झालाई अझै पक्राउ गर्न सकेको छैन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved