Home » » श्रीमतीले म्यासेस हेरिदिदा समस्या पर्ने गरेको हमालको खुलासा......

श्रीमतीले म्यासेस हेरिदिदा समस्या पर्ने गरेको हमालको खुलासा......


फेसबुक, ट्विटर, भाइवर वा मोबाइलमा आउने सन्देश, जसले मानिसहरुको घरयासी सम्बन्धमा ठूलो दरार ल्याउने गरेको छ । प्रविधीको विकाससँगै मानिसले आफ्नो व्यक्तिगत जीवन पनि जिउन चाहेको हुन्छ । तर, व्यक्तिगत जीवन जिउन चाहने उसको चाहना परिवार वा आफन्तले नवुझ्न पनि सक्छन् । नायक राजेश हमालले आफूलाई पनि यस्तै खालको समस्या परेको खुलाएका छन् ।

काठमाण्डौमा आज आयोजना भएको सेतोपर्दा नामक अनलाइन सार्वजनिक कार्यक्रममा हमालले सामाजिक संजाल र प्रविधीले गर्दा पनि घरयासी समस्या आउने गरेको बताए । हमालले भने-‘म प्राय व्यक्तिगत कुराहरुलाई गोप्य नै राख्नु पर्छ भन्ने पक्षमा छु । लामो समयसम्म एक्लो जिवन जिएकाले पनि हुनसक्छ, म यस्तै कुरामा अगाडि बढे । तर, अर्धाङ्गीनीले  यस्तो कुरा नवुझ्दा केही समस्या त हुने रहेछ ।’

उनले भने-‘यो मायाले हो कि, स्नेहले हो कि किन हो थाहा भएन । म व्यक्तिगत जीवनमा गोप्यतालाई महत्व दिन्छु । तर, तेश्रो व्यक्तिले मोबाइल वा सामाजिक संजालमा आउने म्यासेस नवुझ्दा समस्या उत्पन्न हुन्छ ।’

हमालका अनुसार उनको श्रीमतीले उनको मोबाइलमा वा जिमेल वा फेसबुकमा आउने म्यासेसको पृष्ठभूमी नै वुझेकी हुदिनन् । एक्कासी आएको म्यासेस हेर्दा अन्य कुरा सोच्ने अवस्था हुन्छ ।

कुनै पनि व्यक्तिले पठाउने म्यासेसलाई पुरा नहेर्ने हो भने गलत अर्थ लाग्ने र त्यसले ठूलै  समस्या पार्ने हमालको वुझाई छ । यसैले उनले यस्तो बिषयमा समय-समयमा घरमा छलफल पनि गर्ने गरेको बताए ।

नेपाली कला, संकृती, चलचित्र, रंगमञ्च, सांगीतिक क्षेत्र लगायतका सबै विधालाई  समेटेर अगाडि बढ्ने  उद्देश्यले सेतोपर्दा नामक अनलाइन संचालनमा ल्याइएको यसका संचालक मध्येका एक कुवेर डंगोलको भनाई छ । नायक राजेश हमाल र गायक राजेशपायल राइले यो अनलाइनको शुभारम्भ गरेका हुन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved