Home » » आशिकी ३ मा ऋतिक र सोनमको जोडी

आशिकी ३ मा ऋतिक र सोनमको जोडी



काठमाडौं : ‘आशिकी ३’ मा ऋतिक रोशन र सोनम कपुरले जोडी बाँध्ने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार ‘धीरे धीरे’पछि यो जोडी पुनरागमन हुन थालेको हो।

‘आशिकी’का अघिल्ला दुई सिक्वेलमा आदित्य रोय कपुर र श्रद्धा कपुर जोडी थिए। फिल्मलाई अमित शर्माले निर्देशन गर्ने भएका छन्। फिल्मका सिक्वेल यसअघि पनि बक्सअफिसमा हिट रहे।

शर्माले यसअघि ‘तेवर’ र अमल मलिकको म्युजिक भिडियो ‘मैं रहुँ या...’ निर्देशन गरेका थिए । यो लभस्टोरी फिल्ममा एक्सन अभिनेता ऋतिकलाई लिइएपछि दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्।

यसअघि श्रद्धा र करिना कपुरलाई तेस्रो सिक्वेलका लागि प्रस्ताव गरिएको थियो । तर, करिनाले प्रोजेक्ट अस्वीकार गरिदिइन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved