Home » » सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आज वीरगञ्ज छाड्दै

सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आज वीरगञ्ज छाड्दै

काठमाडौं, ९ पुस । तराई मधेसमा विगत चार
महिनादेखि जारी आन्दोलनमा सक्रिय
सहभागिता जनाउँदै आउनुभएका सद्भावना
पार्टीका अध्यक्ष राजेन्द्र महतो आज विराटनगर
जाँदै हुनुहुन्छ ।
आन्दोलनको तयारी स्वरुप अध्यक्ष महतो
विराटनगर जान लाग्नुभएको सहअध्यक्ष लक्ष्मणलाल
कर्णले जानकारी दिनुभयो ।
‘हामी आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो,
‘विराटनगरमा कसरी आन्दोलनमाथि उठाउने भन्ने
विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग
छलफल गर्न अध्यक्ष राजेन्द्र महतो ज्यू त्यसतर्फ जान
लाग्नुभएको छ ।’
अध्यक्ष महताले विराटनगरको आन्दोलन पछिल्लो
समय कमजोर भएको भन्दै चिन्ता जनाउँदै आउनुभएको
छ । उहाँले विराटनगरका साथै पूर्वी जिल्लाको
आन्दोलन चर्काउन पहल गर्नु हुनेछ ।
वीरगञ्जबाट विराटनगर जाने क्रममा अध्यक्ष
महताले भित्री सडकको प्रयोग गर्नु हुने स्रोतको
भनाइ छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved