विरोधका कारण परराष्ट्रमन्त्री थापा पछाडिबाट
सुटुक्क प्रवेश
काठमाडौं, ४ पुस । हाल बेलायत भ्रमणमा रहेका
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको त्यहाँ
रहेका मधेसी र जनजाति नेपालीहरुले विरोध गरेका
छन् ।
थापाको विरोध गर्दा बेलायतमा नेपालकै ‘बेइज्जत’
भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको
बीचमा उनीहरुले थापा र नेपाल सरकारको विरोध
गरेका थिए ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा
गएका बेला गैरआवासीय नेपालीहरुले खुलेर
नाकाबन्दीको विरोधमा उत्रिएका थिए । तर,
अहिले उक्त विरोधको समेत बेइज्जत हुने गरेर मधेसी र
जनजातिले विरोध प्रदर्शन गरेका हुन् ।
यसरी भयो बेलायतमा नेपालको ‘बेइज्जत’
विहीबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल
थापासंग गोर्खा सत्याग्रह समिति युकेले गर्ने
भनिएको कार्यक्रम दुतावासले समय नदिएको कारण
रद्ध भएको जनाएको छ ।
कार्यक्रम रद्ध भएको जानकारी भएपनि मन्त्री
थापाको विरोध गर्न ३ दर्जन आदिवासी
जनजातिहरु दूतावासको गेटमा ब्यानर र प्ले कार्ड
सहित जम्मा भएका थिए । संविधानको विरोध
गरिएको र मन्त्री थापालाई युकेमा स्वागत छैन,
संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार
बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५
जनालाई न्याय दे आदि प्ले कार्डहरु लिएर प्रर्दशन
गरेका थिए । मन्त्री थापालाई बुझाउन तयार
गरिएको विरोधपत्र कार्यबाहक राजदूतलाई
बुझाएका थिए । विरोध प्रदर्शनमा स्थानीय प्रहरी
र मिडियाहरुको पनि उपस्थिती थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घ युकेको
आयोजनामा सम्पन्न विरोध कार्यक्रममा नेपाली
सङ्घीय समाज, गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय
लिम्बुवान समाज –लिङदेन पक्ष) का
पदाधिकारीहरुको उपस्थिती थियो । हामीले
वर्तमान सरकारको रवैया, बेइमानी र गम्भिर
त्रुटिरहेको संविधान जारी गरेको कारण विरोध
गरेको कुरा महासङघ अध्यक्ष तुल छन्त्यालले बताए ।
वर्तमान सरकार विरुद्ध यो पहिलो चरण विरोध
मात्र भएको र दोस्रो र महत्वपूर्ण चरण शुरु भईसकेको
महासचिव कर्म पहाडी शेर्पाले बताए ।
मन्त्री थापा गोर्खा भर्तिको २ सय बर्षगाँठ
मनाउन नेपाल सरकारको तर्फबाट लण्डन आएका थिए ।
बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका साँझ सम्पन्न
भएको थियो । युके सरकारबाट आयोजित बर्षगाँठ
समारोहको स्वागत ढोकामा विरोध गरेर बसेका
सङ्घीयवादी मोर्चा तथा मधेसीहरुको कारण मन्त्री
थापा पछाडिबाट सुटुक्क प्रवेश गरेका थिए । बर्षगाँठ
समारोहमा भूतपूर्व गोर्खाजन्य कुनैपनि संस्थाका
पदाधिकारीहरु थिएन्न र दुतावास नजिककाहरुको
मात्र सहभागिता रहेको एक सहभागि धर्म तामाङले
बताए ।

0 comments:
Post a Comment