'पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुन्छ'
इलाम, ४ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ
खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित
भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने
बताउनुभएको छ ।
आज बिहान इलाममा रासस सम्वाददातासँग
सङ्क्षिप्त कुराकानी गर्दै नेता खनालले भूकम्प र
नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले
प्राधिकरण गठन गरेर तत्काल काम अघि बढाउने
बताउनुभयो ।
मधेसवादी दलले राखेका मागका विषयमा सरकार
गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो, “संविधान
संशोधनको विषयमा मधेसवादी दलबीच कुरा भइरहेको
छ, अझै त्यसलाई टुङ्गोमा पु¥याउन गृहकार्य भइरहेको
छ ।”
अहिलेको चुनौतीयुक्त परिस्थितिमा सबै दल
एकताबद्ध हुन जरूरी छ भन्दै उहाँले वर्तमान संविधानले
सबै क्षेत्र, समुदायको प्रतिनिधित्व गरेकाले विश्वमै
उदाहरणीय संविधान बनेको जिकिर गर्नुभयो ।
संविधानले सबैको समस्याको ढोका खोलेको बताउँदै
उहाँले भन्नुभयो, “चित्त नबुझेको कुरा संसद्बाटै
समाधान गर्नुपर्ने र नाकामा बसेर मुलुकलाई अप्ठ्यारो
पार्नु हुँदैन् ।”
भूकम्प र नाकाबन्दीको मौका छोपी देशमा
कालोबजारी बढिरहेकाले त्यसप्रति नेपाली
नागरिक सचेत हुनुपर्ने धारणासमेत राख्नुभयो ।
आफ्नो एक हप्ता लामो जिल्ला बसाइँमा उहाँले
जिल्लामा सञ्चालित विभिन्न विकास
निर्माणका गतिविधिको निरीक्षण तथा आफूले
लगानी गरेका विकास निर्माणको समेत अनुगमन गर्ने
बताइएको छ । रासस

0 comments:
Post a Comment