Home » » मिश्र र झालाई प्रश्न- विधवा कसरी भइन् अलच्छिनी ?

मिश्र र झालाई प्रश्न- विधवा कसरी भइन् अलच्छिनी ?


विधवालाई अपमान गर्ने शिक्षकलाई कारवाही गर
इन्द्रसरा खड्का, बैतडी
हाम्रो देश नेपालमा महिलामाथि कतिसम्म हिंसा छ
भन्ने कुरा आज प्रष्ट हुँदैछ । देशको मुख्य पदमा बसेर देशलाई
हाँकिरहेका मान्छेलाई समेत यस्तो हिंसा हुँदा
ग्रामीण स्तरका महिलाको के कुरा गर्ने ? राष्ट्रपति
विद्यादेवी भण्डारीलाई सार्वजनिकस्थलमै हिंसा
हुँदा मौन बसेको नेपाल सरकारले ग्रामीण महिला
हिंसामा पर्दा न्याय दिन सक्ला ?
राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको जानकी
मन्दिर दर्शन गर्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले
देखाएको व्यवहार म भन्छु दानवले, राक्षसले गर्ने व्यवभार
हो । यदि मानव तिनीहरु भइदिएका भए पक्कै पनि
यस्तो व्यवहार हुन्नथ्यो ।
विधवा राष्ट्रपतिले जानकी मन्दिरमा दर्शन गरेको
भन्दै गंगाजलले छर्केर पखाल्नु यो कत्तिको अपमान हो ?
सभ्य समाजमा बस्ने तपाई जो कोहीले विचार गर्न सक्नु
हुन्छ ।
हुन त नेपालमा सतिप्रथा पनि थियो । श्रीमान मर्दा
श्रीमानसँगै आफूले पनि जिउँदो जलेर मर्नुपर्ने वाध्यता
थियो देशमा । यो कहानी पनि हामीले सुनेको नै हो
। अब त्यही हर्कत देखाउन थाले मधेसवादी दलहरुले ।
हुन त मधेसवादी दलहरुलाई मैले कुनै गालीगलौज गर्न
खोजेकी हैन । तर, साँच्चै तपाईहरुले देखाएको यो हर्कत
एउटा राक्षसले गर्ने कार्य हो । योचाँहि मेरो कलमले
लेख्नैपर्ने शब्द हो । यसोभन्दा तपाईहरुलाई गाली गरेको
लाग्न सक्छ, मधेसवादी दलहरुलाई । तर, तपाईको
व्यवहारलाई गाली गरेको हो मेरो कलमले ।
राष्ट्रपति भण्डारीले मन्दिरमा दर्शन गरिसकेपछि
राजधानी फर्केको भोलिपल्ट बिहीबार मधेसी
मोर्चाका कार्यकर्ताले ‘विधवाले मन्दिर टेकेर अपवित्र
तुल्याएको’ भन्दै ‘गंगाजल’ ले मन्दिर पखाले । यो के
तिनीहरुले गर्ने मानवीय व्यवहार हो ? दानवीय
व्यवहार भएन र यो कार्य ?
अब तपाई आफै भन्नुस्, के गाउँघरका अन्यायमा परेका
दिदी बहिनीहरुले न्याय पाउन सक्लान् ? उनीहरुले
हिंसामा परे पनि कहाँ जाने न्याय माग्न ? राष्ट्रपति
भण्डारीलाई विधवा भनेर यत्रो अपमान गर्दासमेत
मौन बसेको यो सरकारले कहाँबाट दिन सक्छ
ग्रामीणस्तरका महिलालाई न्याय ? कारण यही हो,
हाम्रो समाजमा महिलाले आत्महत्या गर्नुपर्ने बाध्यता

घटनाका अगुवा सरोज मिश्रले भनेका छन्- ‘पापी,
हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी
भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा
राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालुहरुले
दिएको पवित्र गंगाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र
बनाइएको हो ।’
एउटी विधवालाई यसो भन्नु कहाँसम्मको अपमान हो ?
कहाँसम्मको हिंसा हो ? राष्ट्रपति भण्डारी
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन बुधबार जानकी
मन्दिरमा पुगेर दर्शन गर्दैमा कसरी अलच्छिनी भइन् ?
कसरी ? यो मेरो प्रश्न सरोज मिश्रलाई ।
यस्तै प्रदीप झा नामका एक सरकारी शिक्षकले
फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु
प्रयोग गरेर तथानाम गाली गरेका छन् । यस्तो
लेख्दासम्म उनलाई प्रहरीले पक्राउ गरेको छैन ।
सामाजिक सञ्जालमा फैलिएको उनको टिप्पणी
यस्तो छ- ‘यसपालिको विवाह पञ्चमीको रौनक
अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् ।
ठीकै भनिन्छ कि शुभकार्यमा अलच्छिन र विधवालाई
उपस्थिति हुनुहुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण
थियो ।’
शिक्षकले यस्तो लेख्दासम्म पनि खोई केही गरेको
उनलाई ? हुन त नेपालमा ‘साइबर कानून’ नामको कानून
क्रियाशील छ । यो कानून के ठूलाबडाले आफूलाई मन
नपरेका व्यक्तिहरुलाई फसाउनका लागि मात्रै
बनाइएको हो ?
अनि कसरी भइन् राष्ट्रपति विद्यादेवी भण्डारी
अलच्छिनी ? जानकी मन्दिरमा दर्शन गर्दैर्मा कसरी
भयो त्यो मन्दिर अपवित्र ? त्यही महिलाले
जन्माएका पुरुषहरुले मन्दिरमा गएर पूजा गर्दा कुनै हानी
नोक्सानी नहुने ? उनीहरुले गएर दर्शन गर्न हुने ? अनि
किन महिला बिधवा हुँदैमा यति अपमान ? कि त
यसको जवाफ माग्नुपर्यो, नभए यस्ता अपराधीहरुलाई
कानुनको कठघरामा उभ्याएर सजायँ दिनैपर्छ ।
यो आज त राष्ट्रपति भण्डारी त्यो ठाउँमा गएर दर्शन
गर्दा यस्तो अपमान गर्यो । भोलि त त्यही मन्दिरमा
बिधवा महिलाले दर्शन गरे उनीहरुको बली नचढलान्
भन्न सकिँदैन । देशमै यस्तो उदण्डता मच्चाउने तिनीहरु
जस्ताले आफ्नो गाउँठाउँमा भएका बिधवा
महिलाहरुलाई कुन दृष्टिकोणले हेरेका होलान् ?
राष्ट्रपतिलाई विधवा भन्दै अपमान गर्ने यस्ता
व्यक्तिहरुलाई सरकारले किन मुख बन्द गरेर हेरिरहेको छ ?
राष्ट्रको उच्च पदमा बसेकी महिलामाथि यसरी
हिंसा भएको देख्दादेख्दै मुख खोल्न नसक्ने सरकारबाट
कुना कन्दराका महिलाहरुले के न्यायको आश गर्ने ?
त्यस्ता देशद्रोहीलाई कडा कारवाही गरियोस् ।
अनिमात्रै महिलाहरुले हिंसाबाट मुक्त भएको ठान्ने छन्

कस्तो नेपालको कानुन र कस्तो नेपालको सरकार ?
अहिलेसम्म कसैले बुझनै नसकेको कुरा । एउटा महिला
बिधवा भइसकेपछि उसले यो समाजमा केही पनि गर्न
नपाउने कसले बनायो यस्तो कानुन ? नेपालको
संविधानको कुन धाराको कति भागमा छ यस्तो
कुरा ?
यदि यस्तो कुरा कानुनमा उल्लेख छैन भने किन कानुन
विपरीत कार्य गर्दा पनि कानुनी कारवाही हुन
सकेन ? के नेपाल सरकार आँखा देख्दैन ? हैन भने किन
मौन ?
हामी महिला हिंसाको कुरा गर्दै गाउँ-गाउँ र शहर
बजारतिर हिँड्ने मान्छे नेपालमा पनि कम्ति छैनौं ।
थुप्रै अधिकारका कुरा गरेर पनि अहिलेसम्म मञ्चमा
भाषण गरिरहेका छौं महिला हिंसाका बारेमा,
महिलाको न्यायका बारेमा र महिलाको हक
अधिकारका बारेमा ।
महिला अधिकारकर्मी भन्छन् । हामी महिलाको हक
अधिकारका बारेमा सदैब लागिरहन्छौं । महिला
हिंसाको अन्त्यका लागि भन्दै लैंगिक हिंसा
बिरुद्धको १६ दिने अभियान पनि नेपालमा नचलाएको
हैन । यो अभियानका समापनसँगै नेपालमा
राष्ट्रपतिमाथि नै यत्रो हिंसा भएको छ । मलाई
लाग्छ, यो अभियानले हिंसा न्युनीकरण हैन, झनै हिंसा
र विभेद निम्त्याउन सहयोग गर्छ ।
एउटा पुरुषले आफ्नी श्रीमती मरेको १५ दिन बित्न
नपाउँदै उसले समाजमा जे गरेर पनि स्वतन्त्ररुपमा हिँड्न
पाउँछ । आफूले मन लागेको जुनसुकै कुरा पनि गर्न पाउँछ ।
अनि महिलाले आफ्नो श्रीमान गुमाएको बषौर्ं
दिनमा पनि उसैको पीडामा तड्पी तड्पी बाँच्नुपर्ने ?
समाजमा उसले ठाडो शीर पारेर हिँड्न नपाउने ? किन
यस्तो भेदभाव महिला र पुरुषमा ? किन यस्तो हाम्रो
समाज ?
एउटा केटाले श्रीमती गुमाएको १० दिनमै अर्की
केटीसँग बिहे गर्दा नौमती बाजा बजाएर घरमा दुलही
भित्र्याउने । महिलाले चाँहि श्रीमान गुमाएपछि
किन अलच्छिनी ? किन पापी ? किन टोकारी ?
यस्तै थरीका विभिन्न वचनहरु सहेर बस्न बाध्य हुनुपर्ने ?
हाम्रो समाजमा यस्ता थुप्रै घटनाहरु हुने गर्छन् ।
महिलालाई एकातिर आफ्नो श्रीमानले आफूसँगको
जीवन साथी सदाका लागि छाडेर जाँदाको पीडा,
एउटा समाजले बिधवा भनेर हेर्ने दृष्टिकोण, अर्कोतिर
यस्तो अपमान । अन्त्यमा जिउने विकल्प नै नपाएर
आत्महत्या गर्न बाध्य हुन्छन् नेपालका नारीहरु ।
(खड्का सञ्चारकर्मी हुन)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved