Home » » उपेन्द्रले अमेरिकी र बेलायती राजदूतलाई भेटे

उपेन्द्रले अमेरिकी र बेलायती राजदूतलाई भेटे

काठमाडौं, १८ मंसिर । संघीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका लागि
अमेरिकी राजदूत अलाइना बी टेप्लिज र बेलायती
राजदूत रिचर्ड मोरिससँग भेटवार्ता गरेका छन् ।
आज विहान काठमाडौंमा भएको छुट्टाछुट्टै
भेटवार्तामा जारी मधेश आन्दोलनको माग,
अवस्था, विकसित वार्ता प्रक्रिया लगायत
नेपालको समसामयिक राजनीतिक विषयमा
यादवले राजदूतहरुसँग छलफल भरेका छन् ।
छलफलमा फोरम नेपालका अध्यक्ष यादवले संविधान
त्रुटिपूर्ण रहेको हुँदा मधेशी, थारु, आदिवासी
जनजाति, दलित, महिला लगायतले नयाँ
संविधानमा आफ्नो अधिकार सुनिश्चित
गराउनका लागि जारी आन्दोलनको माग र
अवस्था तथा उनीहरुको मागप्रति संविधान
जारीकर्ता तीन दल एवं सरकारी रवैयाबारे
राजदूतहरुलाई अवगत गराएका थिए ।
नेपालको नयाँ संविधानले मधेशी, थारु,
आदिवासी जनजाति, महिला, मुस्लिम,
उत्पीडित, सीमान्तकृत लगायत अल्पसंख्यक
समुदायलाई समेट्न नसकेकोले संविधान संशोधन गरेर
सबैको अधिकार सुनिश्चित गर्न राजदूतहरुले सुझाव
दिएका छन् । वर्तमान संविधान असमावेशी,
विभेदकारी एवं त्रुटिपूर्ण रहेको हुँदा ती
प्रावधानहरुलाई सच्याउन संविधान संशोधनको
विकल्प नरहेको अमेरिकी राजदूत तेप्लिज र
बेलायती राजदूत मोरिसले सुझाव दिए ।
संविधानमा अपनत्व महसूस नगरेका र आन्दोलनरत
विभिन्न पक्षहरुको मुद्दाहरुलाई यथासम्भव छिटो
सम्बोधन गरी मुलुकको संकट समाधान हुनु पर्नेमा
उनीहरुले जोड लिएको यादवको निजी
सचिवालयले जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved