Home » , » १७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर....

१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर....


१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो
लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् ।
उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै
समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका
मोसे काई काभालिनले भने कलिलो उमेरमै
आफ्ना धेरै सपना साकार पारिसकेका छन् ।
क्यार्लिफोनियाका मोसेसँग दुईवटा
डिग्री छ । उनी नासामा काम गर्छन् र उनले
पुस्तक पनि निकालिसकेका छन् । उनी
पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे
आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको
लोभलाग्दो प्रगतिका कारण चर्चामा
रहन्छन् ।
उनले ८ वर्षको उमेरमै इस्ट लस एन्जलस कलेजमा
भर्ना भएका थिए । अमेरिकामा उनी कलेज
पढ्ने सबैभन्दा कान्छो विद्यार्थी हुन् । उनले
९ वर्षको उमेरमै स्नातक पास गरे । उनले ९
वर्षकै उमेरमा आफ्नो आत्मकथा लेखेका थिए
। उनलाई एउटै मात्र कलेज डिग्रीले पुगेको
थिएन । त्यसैले १५ वर्षको उमेरमा गणिततर्फ
स्नातक गर्न भर्ना भए । उनी तेस्रो डिग्री
हासिल गर्नका लागि समेत यसै वर्षबाट
तयारी थाल्दैछन् ।
उनले बोस्टनको एक विश्वविद्यालयबाट
साइबर सेक्युरिटीमा मास्टर्स डिग्री गर्ने
सोच बनाएका छन् । तर उनी केही साता
नासामा काम गर्दैछन् । उनी डोन र विमान
विकास गर्ने परियोजनामा छन् । यति मात्रै
होइन उनले १७ वर्षको उमेरमा आफ्नो
अनुभवमा आधारित नयाँ पुस्तक
निकालिसकेका छन् । विमान उडाउन
सिकिसकेका मोसे यसै वर्षको अन्त्यमा
पाइलटको लाईसेन्स लिनेमा छन् । उनी
मार्सल आर्टस्का समेत राम्रा खेलाडी हुन् ।
अहिलेसम्म उनले दर्जनौँ टफी जितिसकेका
छन् । शृंखलावद्ध सफलताका बाबजुद उनी
आफूलाई जिनियस मान्न भने तयार छैनन् ।
उनी भन्छन्, मेरो केश कुनै दुलर्भ केस होइन ।
यो सफलता आर्कषण र प्रेरणाको परिणाम
मात्रै हो । म अरुसँग तुलना हुनभन्दा आफैँ
केही राम्रो गर्न चाहन्छु ।
मोसेका
बाबुआमा उनी सानैदेखी जिज्ञासू
स्वभावको रहेको बताउँछन् । मोसेका गणित
शिक्षक क्षमताभन्दा पनि उनको मेहिनत
गर्ने बानी महत्वपूर्ण रहेको बताउँछन् ।
भन्छन्,
धेरैले सोच्छन् उनीमा यो क्षमता प्राकृतिक
रुपमै आयो । तर त्यस्तै होइन अहिलेसम्म मैले
पढाएका विद्यार्थीमध्ये उनी सबैभन्दा धेरै
मेहिनत गर्ने विद्यार्थी हुन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved