Home » » युवतीको आँसु पुछ्न भाडामा युवक पाइने देश...

युवतीको आँसु पुछ्न भाडामा युवक पाइने देश...


एजेन्सी । संसारमा पैसा भएपछि जेपनि किन्न मिल्छ भन्ने
कथन छ । तर मानिसहरु भन्ने गर्छन् पैसामा ३ चीज किन्न
पाइदैन । पहिलो आमा, दोस्रो, समय, र तेस्रो साँचो
माया । तर तेस्रो कुरासँग मिल्दो जुल्दो समाचार बाहिर
आएको छ । अब तपाई पैसाले दुःख पर्दा आँशु पुछि दिने
मानिस भेट्न सक्नु हुन्छ । संसारमा मानवीय सम्वेदनाको मृत्यु
भयो भनिरहेको बेला यो समाचार बाहिर आएको छ ।
अब जापानमा प्रेममा धोका खाएर आँसुका धारा
बगाउनेहरुका लागि आँसु पुछिदिने युवकका हात उपलब्ध हुने
भएको छ । जापानको एक वेभसाइटले युवतीहरूका लागि आँसुु
पुछ्न युवकहरू उपलब्ध गराउने व्यवस्था मिलाएको हो । नयाँ
वेभसाइड इकेमेसोमा अब युवतीहरूले पैसा तिरेर युवक भाडामा
लिन सक्नेछन् । यो सेवा विशेषतः महिलाका लागि मात्र
हो । यसरी भाडामा लिइएका युवकहरू घर अथवा अफिस
जहाँसुकै पनि महिलाले लान सक्नेछन् ।
समाचारका अनुसार युवकहरु पीडामा भएका महिलाहरुलाई सम्हाल्ने तालिम प्राप्त हुनेछन् । महिलाले आफूले चाहे अनुसारका युवक रोज्न
पाउँछन् । यो सेवा पाउनका लागि महिलाले लगभग सात हजार तिनुपर्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved