Home » » राजधानीको साँगामा बस पल्टिदा चौँतीस घाइते, बाह्र जनाको अवस्था चिन्ताजनक...

राजधानीको साँगामा बस पल्टिदा चौँतीस घाइते, बाह्र जनाको अवस्था चिन्ताजनक...


चौतारा, २ पुस । चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ४८१५ नंको
यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।
घाइतेमध्ये बाह्र जनाको अवस्था चिन्ताजनक छ । घाइते सबैलाई चौतारा
अस्पताल तथा काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट आज अपराह्न ४ बजे छुटेको उक्त बस
साँगाचोक गाविसको जनजागृति उमावि नजिकको घुम्तीमा ४.४५ बजे दुर्घटना
भएको थियो । घटनास्थलमा उद्धार सकिएको र अन्य यात्रुलाई अर्को बसमार्फत
बाह्रबिसे पठाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो

बसमा भित्र र छतमा समेत करिब ७० जना यात्रु थिए । ओरालोतर्फ जाँदै गरेको
सो बस तीव्र गति र क्षमताभन्दा बढी यात्रु भएकाले सडकमै पल्टिएको प्रहरीले
जनाएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved