नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओबादीका केन्द्रिय सचिवालय सदस्य राम बहादुर थापा
बादलले भारतले जलश्रोत र सिमा क्षेत्रमा पूर्ण एकाधिकार चाहेका कारण अहिलेको ब्यवहार देखाएको
दावी गरेका छन् ।
अबध राज्य समितिलद्धारा शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता बादलले यस्तो बिचार
व्यक्त गरेका हुन् ।
भारतले नेपालको सीमा क्षेत्रमा बफ्नो सुरक्षा दवदवा कायमै राख्नका लागि नेपालमाथि नाङ्गो
हस्तक्षेप गरेर नाकाबन्दी गरिरहेको बादलको भनाइ छ ।
नेता बादलले सत्ता संचालक राजनीतिक दलहरुको कुटनितीक पहल र सत्ता संचालनमा असफल भएको आरोप
लगाउदै मुलुकमा भुकम्प, राजनैतिक र राजनैकि संकट गरी मूख्य तीन प्रकारका संकट रहेको पनि बताए ।
मुलुकमा राजतन्त्रको अन्त्यहुनु राजनितीक उपलब्धि भएपनि जनताहरु अहिले पनि अधिकार सम्पन्न नभएका
कारण आन्दोलन गर्नु परेको तर्क गर्दै केही शक्ति विच एकता आवश्यक रहेकोले आफुहरु एकताको लागि सक्रिय
रहेको पनि बताए ।
Home »
Nepali News
» भारत जलश्रोत र सीमामा एकाधिकार चाहन्छ- बादल
भारत जलश्रोत र सीमामा एकाधिकार चाहन्छ- बादल
Posted by Unknown
Posted on 7:51 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment