Home » » बैज्ञानिकले फेला पारे अर्को पृथ्वी

बैज्ञानिकले फेला पारे अर्को पृथ्वी


पृथ्वीको विकल्प खोजिरहेको मानिसका लागि अव दौड पुरा भएको हुन सक्ने अष्ट्रेलियाका
बैज्ञानिकहरुले बताएका छन् ।
बैज्ञानिकहरुले १४ प्रकाश वर्ष टाढा पृथ्वी जस्तै ग्रह फेला पारेका छन् । जहाँ जीवन जन्तु समेत रहेको अनुमान
गरिएको छ ।
पृथ्वी भन्दा करिव ४ गुना ठूलो मानिएको यो ग्रहले वोल्फ 1061 नामक ताराको परिक्रमा गर्ने गरेको
अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्व विद्यालयका बैज्ञानिक अनुसन्धानकर्ताहरुले बताएका छन् ।
उक्त ग्रहमा पानी रहेको हुन सक्ने र जीवन जन्तुको सम्भावना समेत रहेको उनीहरुको भनाइ छ । यो अध्यनको
नेतृत्व गरिरहेका डक्टर डन्कन राइटले यो ग्रह मानिस बस्न लायक हुन सक्नेमा आफू आशावादी रहेको बताएका
छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved