काठमाडौं, ३ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र
मोदीको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको
छ ।
मोदीले बुधबार अमेरिकी राष्ट्रपति बराक
ओबामासँग फोनवार्ता गरी भीसा रेट नबढाउन
गरेको आग्रह अमेरिकाले अस्वीकार गरेको भारतीय
सञ्चारमाध्यमले जनाएका छन् ।
भीसा रेट बढेसँगै भारतीय कम्पनी मारमा परेका छन् ।
यसअघि उक्त कदम अघि बढाउने संकेत अमेरिकाले
दिएपछि भारतले चिन्ता व्यक्त गरेको थियो ।
अब अमेरिकाको लोकप्रिय एच–१बी र एल–१
भीसाका लागि शुल्क दोब्बर भएको छ ।यसका
लागि अब ४५ सय डलरसम्म खर्च गर्नुपर्नेछ । यो कदमले
भारतीय आईटी कम्पनिहरुमा असर परेको छ । यसअघि
वर्ष २०१० देखि भीसा शुल्क २ हजार रुपैयाँ थियो ।
शुल्क बढाउँदा अब अमेरिकालाई वार्षिक एक अरब डलर
फाइदा हुनेछ । जून रकम भिसा व्यवस्थित पार्न खर्च
गरिनेछ ।
ओबामाले मानेनन् मोदीको प्रस्ताव, भारत मारमा !
Posted by Unknown
Posted on 7:44 AM
with No comments
Labels:
World

0 comments:
Post a Comment