Home » » गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

रौतहट, ५ पुस । यसैबीच जिल्ला प्रशासन कार्यालय
रौतहटले आज सदरमुकाम गौरमा निषेधाज्ञा आदेश
जारी गरेको छ ।
गौरमा आज मोर्चाका कार्यकर्ता तथा प्रहरीवीच
भएको झडपमा एक जनाको मृत्यु भएको र अवस्था
सामान्य नभएकाले शान्ति सुरक्षाको अवस्थालाई
ध्यानमा राखी प्रशासन कार्यालयले गौर
नगरपालिका क्षेत्रमा अपराह्न ४ बजेदेखि
अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको
हो ।
प्रशासन कार्यालयले गौर नगरपालिका अन्तर्गत
उत्तरमा नयाँ बसपार्कको वडहरवा पुल, दक्षिणमा
गौर भन्सार गेट, पूर्वमा हनुमानस्थानको वडहरवा पुल र
पश्चिममा टिकुलिया गाउँदेखि पूर्वसम्मको क्षेत्रमा
निषेधाज्ञा आदेश जारी भएको प्रहरी नायब
उपरीक्षक राजेन्द्र पोखरेल जानकारी दिनुभयो ।
रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved