Home » » ‘विश्वका शत प्रतिशत मानिसले नै हस्तमैथुन गर्छन्’

‘विश्वका शत प्रतिशत मानिसले नै हस्तमैथुन गर्छन्’

हस्तमैथुन नियमित गरेपछि वीर्य पातलो हुनु
स्वभाबिक हो । सामान्यतया दुई चार दिन
हस्तमैथुन नगरी हस्तमैथुन गरेमा बाक्लो वीर्य
आउँछ तर सामान्यतया वीर्य पातलो नै हुन्छ ।
एक मिलीलिटर वीर्यमा २ करोड शुक्रकीटहरु
हुनुपर्छ । एउटा सामान्य मान्छेको वीर्यमा ४
देखि १२ करोड प्रतिमिलीलिटर सम्म शुक्रकीट
हुन्छ । कम्तीमा पनि २ करोडसम्म चाँही हुनुपर्छ,
त्यसमा पनि ५० प्रतिशतभन्दा माथि अगाडि
हिड्ने खालको शुक्रकीटहरु हुनुपर्छ । यो कुरा
विश्व स्वास्थ्य संगठनले दिएको कटअफ हो ।
हस्तमैथुनसँग सन्तान उत्पादन हुने नहुने कुराको
केहि पनि सम्बन्ध हुदैँन । हस्तमैथुन एउटा
सामान्य ब्यवहार हो । कसैलाई यौनको
चाहना भयो भने मान्छेले हस्तमैथुन गर्छ । यो
संसारका १०० प्रतिशत मान्छेले नै गर्ने गर्छन् ।
हामीमा भने बिभिन्न पत्रपत्रिका तथा
साईटहरुमा हस्तमैथुनले नराम्रो गर्छ भनेर भ्रम
फैलाउने कुरा भएकोले डर मानिरहनुभएको
होला ।
यसमा डर मान्नुपर्ने कुनै कुराहरु छैनन् । हस्तमैथुन
हाम्रो बुवाले पनि गर्नुभएको थियो, हाम्रो
आमाले पनि गर्नुभएको थियो । हस्तमैथुन गरेर
सन्तान नहुने भए त हामी पनि जन्मने थियनौ ।
त्यसैले हस्तमैथुनले सन्तान उत्पादनको कुनै
प्रक्रियामा पनि बाधा पुर्याउने काम गर्दैन ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved