रौतहट, ५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच आज
अपराह्न गौरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ ।
गौर नगरपालिकास्थित बिपी चोकमा मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दोहोरो
झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी स्थानीय तेजापाकड गाविस–
१ बस्ने १७ वर्षीय शेष तवरेजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निजको दाहिने कोखमा गोली लागेको बताइएको छ । तवरेजको गौर अस्पतालमा
उपचारका क्रममा मृत्यु भएको हो । विरोध प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तालाई
हटाउने उद्देश्यल आठ सेल अश्रुग्यास प्रहार गरिएपछि पनि स्थिति सामान्य नहुँदा बाध्य भएर
आत्मरक्षाका लागि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक
गणेशराज रेग्मीले बताउनुभयो ।
कक्षा १० मा पढ्दै आएका तवरेज आफ्ना मामासँगै आन्दोलनमा ढुंगा हान्न अगाडि गएका थिए
। यसैगरी आन्दोलनकारीको ढुंगा लागेर प्रहरीतर्फ दुई जना घाइते भएका छन् । रासस
Home »
Nepali News
» रौतहटमा १७ वर्षीय शेष तवरेजलाई प्रहरीले किन हान्यो गोली ?
रौतहटमा १७ वर्षीय शेष तवरेजलाई प्रहरीले किन हान्यो गोली ?
Posted by Unknown
Posted on 3:20 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment