Home » » मन्त्रिपरिषद बैठकः १३ सचिवको सरुवा, केही सहसचिव कामु तोकिए (नामावली सहित)

मन्त्रिपरिषद बैठकः १३ सचिवको सरुवा, केही सहसचिव कामु तोकिए (नामावली सहित)


नेपाल आउने चिनियाँ नागरिकको भिसा शुल्क
मिनाहा
काठमाडौं, १० पुस । सरकारले १३ सचिवको सरुवा
गरेको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले
१३ सचिव र केही सहसचिवको सरुवा गरेको हो ।
सोअनुसार दीपेन्द्रनाथ शर्मालाई सहरी विकास,
अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा
यातायात, गजेन्द्रकुमार ठाकुरलाई विज्ञान तथा
प्रविधि, विजयकुमार मल्लिकलाई जनसङ्ख्या तथा
वातावरण, सुरेशप्रकाश आचार्यलाई खानेपानी
तथा सरसफाइ, सुनीलबहादुर मल्ललाई राष्ट्रिय
सतर्कता केन्द्र, रमेशकुमार शर्मालाई सार्वजनिक
खरिद अनुगमन कार्यालय, कृष्णचन्द्र पौडेललाई कृषि
विकास, केदारबहादुर अधिकारीलाई
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
महेश दाहाललाई प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय, राजेन्द्र नेपाललाई
महालेखा नियन्त्रण कार्यालय, ङइन्द्रप्रसाद
उपाध्यायलाई वाणिज्य, विष्णुप्रसाद नेपाललाई
आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
बैठकले विभिन्न सहसचिव (राप्र. प्रथम) लाई कामु
सचिव तोकी पदस्थापना गरेको छ । जसमा,
चन्द्रकुमार घिमिरे– क्षेत्रीय प्रशासन कार्यालय,
सुदूरपश्चिमाञ्चल, शशीशेखर श्रेष्ठ, क्षेत्रीय प्रशासन
कार्यालय मध्यपश्चिम, शंंकरप्रसाद कोइराला,
क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल,
महेन्द्रमान गुरुङ, क्षेत्रीय प्रशासन कार्यालय
पूर्वाञ्चल, लक्ष्मीप्रसाद ढकाल, क्षेत्रीय प्रशासन
कार्यालय मध्यमाञ्चल र मधुसुदन अधिकारीलाई
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कामू
सचिव तोकेको नेपाल सरकारका प्रवक्ता समेत
रहनुभएका मन्त्री राईले बताउनुभयो ।
चिनियाँ नागरिकलाई प्रवेशाज्ञा मिनाहा
बैठकले नेपाल आउने चिनियाँ नागरिकलाई
प्रवेशाज्ञा (भिसा) शुल्क मिनाहा गरेको छ ।
रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved