बुटबल । प्राय गरेर हाम्रो समाजमा युवकले युवती
जिस्काउनु कुनै नौलो कुरा लाग्दैन तर एउटा यस्तो
घटना घट्यो जहाँ युवतीले युवक जिस्काएको
देखियो ।
बुटवलको राजमार्ग चौराहामा रहेको बस
प्रतिक्ष्यालय मा बसिरहेको एक युवकलाई एकजना
छोटो छोटो स्कर्ट लगाएको युवतीले जिस्काई
रहेकी थिईन भने युबतिको सेक्सी जिउडाल र उनको
कामुक नजरसंग आतिएर ति युवक टाढा टाढा
भागी रहेका थिए ।
त्यो क्रियाकलाप देखेपछि बुटवल देखि भैरहवा
सुनौली, काठमाडौँ , पाल्पा पोखरा जाने
यात्रुहरुको एकैछिनमा भिडभाड बढ्न थाल्यो । ति
युवकलाई जिस्काउने युवतीले सबैको माझमा के
चुम्मन गर्न आटेकी थिईन लगत्तै अगत र अगत भन्दै
एकजना निर्देशक चिच्याउन लागे उनि अरु कोहि
नभएर निर्देशक बिष्णु भट्टराई थिए भने बुटवलकै
चौराहामा केटा जिस्काउने युवती अरु कोहि
नभएर मोडल पुर्णिमा श्रेष्ठ थिईन ।
प्रसङ्ग म्यूजीक भिडियो शूटिंगको थियो ।
रुपन्देहीकै रामापुर निवासी बिक्रम राना मगरको
सब्द संगीतमा रहेको अत्यन्तै रमाइलो लोक पप ‘झम्के
साँझ पारम्की दिउसै आम’ भन्ने बोल रहेको गीतको
म्यूजिक भिडियो बुटवल, बन्बाटिक र रामापुर
आसपासमा सम्पन्न भएको छ, फेसबुकमा लभ गरेर भेट्न
जाने रमाइलो गर्ने युवा युवतीको प्रसंगलाई समेटेर
तयार पारिएको भिडियोको निर्देशन सम्पादन
बिष्णु भट्टराई को रहेको छ भने छायांकन पवन
घिमिरेको र श्रींगार सगुन शर्मा को रहेको छ ।
अत्यन्तै चर्चामा आएकी मोडल पुर्णिमा श्रेष्ठ र
बिक्रम राना मगरको अभिनय रहेको भिडियोमा
रोशन बिकाश र अन्य कलाकारले साथ् दिएका छन्
। उक्त म्यूजिक भिडियो छिट्टै बजारमा आउने
आयोजकले जनाएको छ ।
बुटबलमा मोडल पुर्णिमाले केटा जिस्काएपछि…
Posted by Unknown
Posted on 7:50 AM
with No comments
Labels:
Entertainment,
Nepali News

0 comments:
Post a Comment