७ पुस, काठमाडौं । मधेसका माग पूरा गराउन सरकार र
प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै मधेसी
दलले चर्काएको आन्दोलन तीन दिन बित्न नपाउँदै
फितलो भएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार मधेसी दलको
प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका बीरगञ्जका
बजार र पसल सोमबारदेखि खुलेका छन् । ठूला सवारी
साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो,
इरिक्सालगायत साना साधन चलेपछि चहलपहल बढेको
छ ।
सोमबार विहान मधेसी दलले वीरगञ्जमा लाठी जुलुस
निकालेपनि त्यसको कुनै असर परेन । जुलुस प्रदर्शन
सकिएलगत्तै व्यापारीहरुले बजार र पसल खोले । बजार
खुलेपछि वीरगञ्जमा सर्वसाधारणको चहलपहल पनि
बढेको छ ।
Home »
Nepali News
» मधेसी मोर्चाको ‘अन्तिम
धक्का’ तीन दिनमै फितलो
मधेसी मोर्चाको ‘अन्तिम धक्का’ तीन दिनमै फितलो
Posted by Unknown
Posted on 6:29 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment