Home » » भारतमा नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड

भारतमा नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड

पुस ७, २०७२- गत फेब्रुअरी
दोस्रो सातामा
हरियाणाको रोहतकमा एक नेपाली
युवतीमाथि जघन्य बलात्कारसहित
हत्या गर्ने ७ जना अभियुक्तलाई
राज्यको न्यायालयले मृत्युदण्डको
सजाय सुनाएको छ ।
मानसिक रोगको उपचारका लागि
बर्दिया, राजापुरबाट रोहतकमा रहेका
आफन्तकहाँ आएकी २८ वर्षीया सुनार
युवतीलाई स्थानीय भारतीय र नेपाली
कामदारले नजिकैको जंगलमा लगेर जघन्य
बलात्कार गरेका थिए ।
बलात्कारपछि उनको यौनांगमा ढुंगा/
फलामका टुक्रा हालेर यातनापूर्ण
हत्या गरिएको समाचार आएपछि प्रहरी
अनुसन्धानमा अभियुक्तहरू पक्राउ परेका
थिए ।
हरियाणा राज्यमा विशेष अदालतकी
न्यायाधीश सीमा सिंघलले सोमबार
गरेको फैसलामा अभियुक्तहरू पदम, पवन,
सुनील, सरवर, राजेश, सन्तोष र
मानवीरलाई जनही १ लाख ७५ हजार
रुपैयाँ जरिवानासमेत तोकिएको छ ।
यो घटना अनुसन्धानमा ६६ जना
साक्षी प्रमाणको ९ महिना लामो
बयान लिइएको थियो । अदालतको
यो निर्णयमा असहमति रहेमा सजायका
भागिदारले उच्च न्यायालयमा अपिल
गर्न सक्ने जनाइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved