Home » » संसदमा ‘ब्लू फिल्म’ हेर्दाहेर्दै समातिए कांग्रेसका यी सभासद !

संसदमा ‘ब्लू फिल्म’ हेर्दाहेर्दै समातिए कांग्रेसका यी सभासद !

एजेन्सी । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद
समातिएका छन् ।
भारतको ओडिशामा सोमबार बसेको विधानसभा
बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका
हुन् ।
यो घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल
आजतकले लेखेको छ- संसदमा सभासदहरुबीच प्रश्नउत्तर
चलिरहेका बेला कांग्रेस विधायक नाबा दास
आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए
। उनको यस्तो हर्कतको पर्दाफास भएपछि
सत्ताधारी दल बीजेडीले उनीविरुद्ध
कारवाहीको माग गरेको छ ।
बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा
अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम
भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा
अध्यक्षसँग माग गरिन् ।
यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने
बताएको छ । कांग्रेसका महासचिव सुलोचना
दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ
यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी
पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।
तर, रंगेहात समातिएका सभासद दासले आफूले
अञ्जानमा पोर्न भिडियो हेरेको तर,
जानीजानी नभएको दाबी गरे । उनले यो घटना
आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे ।
झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा
निर्वाचित भएका थिए ।
मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले
दासलाई सात दिनका लागि निलम्बित गरेका छन्
। उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित
गराएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved