Home » » फोरम लोकतान्त्रिकले सरकार समक्ष राख्याे यस्तो सर्त : प्रधानमन्त्री ओली अक्क न बक्क

फोरम लोकतान्त्रिकले सरकार समक्ष राख्याे यस्तो सर्त : प्रधानमन्त्री ओली अक्क न बक्क


काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा
ओलीलाई मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले
सरकार गठनका बेला आफ्नो दलसँग भएको आठबुँदे सहमति
कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ । फोरम
लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार
गच्छदारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री
ओलीलाई आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी
सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका
अनुसार सो ध्यानाकर्षण पत्रमा राखिएको माग व्यापक
राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को
निणर्यबाट नै गर्न सकिने भएकाले दोस्रो प्रकृतिका विषय
तत्काल सम्बोधन गर्न भनिएको छ । तराई मधेस थरुहट
आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न,
मुद्दा चलाइएका व्यक्तिको मुद्दा फिर्ता गर्न तथा घर
जलाइएका र सम्पत्ति लुटिएकालाई उचित क्षतिपूर्ति दिन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।
सो अवसरमा अध्यक्ष गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक बनाउन तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण,
सङ्घीयताको सीमाङ्कनलगायत विषय सम्बोधन गर्न सरकारले तत्काल पहल थाल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार गठनका बेला
फोरम लोकतान्त्रिकसँग भएको आठबुँदे सहमति कार्यान्वयनमा आफू सकारात्मक भएको बताउनुभयो । “संविधान अनुसार तपाईँहरुका जायज
माग पूरा गर्न म सकारात्मक छु”– प्रधानमन्त्रीले भन्नुभयो ।
टोलीमा दलका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्ष गोविन्द चौधरी, जितेन्द्रनारायण देव र आशा चतुर्वेदी तथा सचिव
रवीन्द्र ठाकुर सहभागी हुनहुन्थ्यो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved