Home » » दिल्लीका मुख्यमन्त्री केजरीवालले भने- नरेन्द्र मोदी ‘कायर’ हुन्, सीबीआईले हान्यो केजरीवालको सचिवालयमा छापा....

दिल्लीका मुख्यमन्त्री केजरीवालले भने- नरेन्द्र मोदी ‘कायर’ हुन्, सीबीआईले हान्यो केजरीवालको सचिवालयमा छापा....

काठमाडौं, २९ मंसिर । दिल्लीका मुख्यमन्त्री
अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीलाई ‘कायर’ भनेका छन् ।
मंगलबार आफ्नो सचिवालयमा सीबीआईले छापा
मारेपछि प्रतिक्रिया दिँदै केजरीवालले
राजनीतिक रुपमा आफूलाई पराजित गर्न नसकेपछि
मोदीले सीबीआईको प्रयोग गरेको दाबी गरेका
छन् ।
आम आदमी पार्टीका संयोजक समेत रहेका
केजरीवालले मोदीको यो कदमलाई ‘कायर’ भनेका
छन् । भारतीय न्यूज च्यानल आजतकका अनुसार आज
विहानै सीबीआईले केजरीवालको सचिवालयमा
छापा हानेको थियो ।
दिल्ली विधानसभा चुनावमा मोदीलाई
नराम्रोसँग पराजित गरेको केजरीवालसँग बदला
लिन सीबीआई प्रयोग गरेर बदनाम गर्न खोजेको
आम आदमी पार्टीका नेताहरुले आरोप लगाएका छन्

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved