खोटाङ, २ पुस । खोटाङको दिक्तेल नगरपालिकामा आज दिउँसो भएको
आगलागीमा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा भएको आगलागी स्थानीय
हीरालाल पुरीको कपडा पसलबाट सुरु भएको र तीन घण्टापछि नेपाली सेना,
जनपथ र सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिइएका थिए ।
आगलागीबाट करोडौँको क्षति भएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी
नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । हीरालाल पुरीको घरमा
विद्युत् सर्ट भएर सल्किएको आगोले पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर
मगर र हर्कबहादुर राईको घर जलेको माझीले जानकारी दिनुभयो ।
आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार
विचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्कस्थित सामुदायिक
सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ । रासस
Home »
Nepali News
» दिक्तेलमा भीषण आगलागी, पाँच घर जले....
दिक्तेलमा भीषण आगलागी, पाँच घर जले....
Posted by Unknown
Posted on 8:04 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment