Home » » सलमानले वर्ष २०१६ भित्र गर्लफ्रेण्ड लूलियासँग विहे गर्ने !

सलमानले वर्ष २०१६ भित्र गर्लफ्रेण्ड लूलियासँग विहे गर्ने !

मुम्बई । बलिउड अभिनेता सलमान खानले वर्ष २०१६
भित्र विहे गर्ने भएका छन् ।
१३ वर्ष पुरनो हिट एण्ड रन मुद्दामा सफाइ
पाएपछि अब सलमानको विहे गर्ने वाटो खुल्ला
भएको हो । यसअघि जेल जानुपर्ने भयका कारण
सलमानले विवाह टार्दै आएका थिए ।
सलमानका नातेदारका अनुसार उनले आउदो वर्ष
विहे गर्ने योजना बनाएको भारतीय
सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खबरअनुसार
सलमानले रोमानियन टेलिभिजन स्टार लूलिया
वन्तूरसँग विहे गर्नेछन् ।
केही दिनअघि मात्रै सलमान र लूलियाबीच
दिल्लीमा भेटवार्ता समेत भएको छ । साथै छिट्टै
सलमानले लूलियासंग इन्गेजमेन्टको तयारी समेत
गरेका छन् ।
तर, सलमानले औपचारिक रुपमा विहेबारे केही
बोलेका छैनन् । अदालतबाट सफाइ पाएपछि
सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved