Home » » भारतबाट झण्डै १३ हजार मेट्रिक टन ग्यास नेपाल भित्रियो !

भारतबाट झण्डै १३ हजार मेट्रिक टन ग्यास नेपाल भित्रियो !

काठमाडौं । दैनिक जसो विभिन्न सञ्चार माध्ययममा ग्यास बुलेट र इन्धन आएको खबर पाएपछि खुसी व्यक्त गर्नेसर्वसाधारणले चुल्हो बाल्न नसकेपछि नेपाल भित्रिएको इन्धन कहाँ जान्छ भनेर सोध्ने गरेका छन् । तर, नेपालभित्रिएको इन्धन वास्तबमै कसले र कहाँ लैजान्छ ? आएको र भएको इन्धन सर्वसाधारणले सुहज ढंगले किन पाउनसकेका छैनन् ? नेपाल आयल निगमको तथ्यांकमा दैनिक रुपमा ग्यास र इन्धन भित्रिएको तथ्यांक समावेश गरिएकोछ ।भारतको अघोषित नाकाबन्दीपछि मात्रै १२ हजार ९ सय ३ मेट्रिक टन ग्यास नेपाल आएको तथ्यांकमा उल्लेख छ। यसरी हेर्दा भारतीय नाकाबन्दीपछि ७ सय १५ बुलेट ग्यास नेपाल भित्रिएको देखिन्छ । एउटा बुलेटमा १८मेट्रिक टन ग्यास हुन्छ । एक बुलेट ग्यासबाट १ हजार २ सय ५० सिलिन्डर भरिन्छन् । सरकारले भनेझैं आधा सिलिन्डरमात्रै ग्यास भर्ने हो भने पनि एक बुलेटबाट २ हजार ५ सय उपभोक्तालाई पुग्छ । तर उपभोक्ताले भने जति नै ग्यासआए पनि पाएका छैनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Share this News :

1 comment:

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved