Home » » राजेश हमाल भन्छन्- देश बनाउने नेता भएनन्

राजेश हमाल भन्छन्- देश बनाउने नेता भएनन्

काठमाडौँ । सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक
केन्द्र हो । जनताद्वारा चुनिएका प्रतिनिधिले
चलाउने गरेको सिंहदरबारमा कैयौँ व्यवस्था
प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी फेरिए तर
अहिलेसम्म सिंहदरबारको मुहार भने फेरिएको छैन ।
दुरदराजका मान्छेले अझै पनि सिंहदरबारलाई
आफ्नो ठान्न सकिरहेका छैनन् । किनकी यसको
व्यवहार, कार्यशैली पहिलेकै जस्तो छ ।
सिंहदरबारको कथावस्तु समेटेर निर्माण गरेको
टेलिचलचित्र सिंहदरबार आज नेपाल–रसिया ६०औँ
मैत्री सम्बन्धको अवसरमा देखाइयो । सक्षम नेतृत्व
कस्तो हुनुपर्छ भन्नेबारेमा चलचित्रले देखाउन
खोजेको छ ।
सिंहदरबार टेलिचलचित्रले खोजेको जस्तो पात्र
पाउन सिंहदरबारलाई साह्रै गाह्रो छ । यो
चलचित्रले देश विकासका लागि सक्षम नेतृत्व
खोजेको छ ।
कार्यक्रममा संविधानविद् डा भिमार्जुन
आचार्यले सिंहदरबारलाई हाँक्ने एक कुशल नेतृत्वको
अभाव देशमा भएको बताउनुभयो । उहाँले देशमा
कैयौँ स्रोतसाधन भएकाले यसको सही सदुपयोग गरेर
देशलाई विकासको बाटोमा अगाडि बढाउनु
आवश्यक रहेको औँल्याउनुभयो ।
नेपाली चलचित्रका महानायक राजेश हमालले
देशलाई हरेक कुरामा प्रतिस्पर्धा गर्नसक्ने सक्षम
नेतृत्वको आवश्यक रहेको बताउनुभयो । उहाँले
भन्नुभयो, “नेतृत्वमात्र राम्रो भएर भएन उसका
अगाडि पछाडि काम गर्ने पात्रसमेत राम्रो हुनुपर्छ
।”
नायिका निशा अधिकारीले विदेशी मुलुक सफल
नेतृत्वका कारण अगाडि बढेको भन्दै नेपाललाई
अगाडि बढाउन मुलुकप्रति सकारात्मक सोच भएको
व्यक्ति चाहिने स्पष्ट पार्नुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved