Home » » बार्सिलोना बन्यो क्लब वर्ल्डकप च्याम्पियन

बार्सिलोना बन्यो क्लब वर्ल्डकप च्याम्पियन


५ पुस, काठमाडौं । क्लब वर्ल्डकप फुटबलको उपाधि
बार्सिलोनाले जितेको छ । यससँगै स्पेनिस क्याटलानले
२०१५ मा पाँचौं उपाधि उचालेको छ ।
क्लब वर्ल्डकप भने तेस्रो पटक जितेको छ । उसले यसअघि
२००९ र ०११ मा पनि क्लब वर्ल्डकपको उपाधि जितेको
थियो ।
आइतबार भएको फाइनलमा बार्सिलोनाले अर्जेन्टिनी
क्लब रिभर प्लेटलाई ३-० ले हरायो । उसकेा जितमा
लुइस स्वरजले दुई गोल गरे भने अर्को गोल लिओनल
मेस्सीको नाममा रहृयो ।
जापानको योकोहामामा भएको खेलमा
बार्सिलोनाले ३६ औं मिनेटमा मेस्सीको गोलबाट
अग्रता लिएको थियो ।
दोस्रो हाफमा स्वरेजले दुई गोल गरे । ४९ औं मिनेटमा
व्यक्तिगत पहिलो गोल गरेका स्वरेजले ६८ औं मिनेटमा
दोस्रो गोल गरे । क्लब वर्ल्डकपको दुई खेलमा पाँच गोल
गरेका उनले गोल्डन बल पाएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved