काठमाडौं । राज्यका हरेक अंगबाट नराम्ररी
पछारिन पुगेको, आफूलाई लोकतन्त्रवादी भन्ने तर
व्यवहारमा असाध्यै अलोकतान्त्रिक नेपाली कांग्रेस
भारतीय जनता पार्टीको भ्रातृ संगठनको रूपमा
परिणत भएको छ । लोकतन्त्र, प्रजातन्त्र र
समाजवादको नारामा आफूलाई नेपाली
राजनीतिको मसिहा ठान्ने कांग्रेस पछिल्लो
दिनमा भाजपाका नेता विजय जोलीको
इशारामा अगाडि बढेको छ ।
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धी
विधेयक सदनमा प्रस्तुत गर्न नदिनेदेखि मधेशी
मोर्चालाई सहमति गर्न नदिने काममा समेत कांग्रेस
लागेको छ । भारतले यतिखेर कांग्रेस मार्फत
खेलिरहेको छ । तर आफूलाई राष्ट्रसेवक दाबी गर्ने
कांग्रेस खड्ग ओली नेतृत्वको सरकारलाई असफल पार्ने,
मधेशी मोर्चालाई सहमतिमा आउन नदिने तथा
नाकाबन्दी कायम राख्ने योजनामा नराम्ररी
फसेको छ । विजय जोली हरेक दिन कांग्रेस सभापति
निवास महाराजगन्ज जान्छन् र उनकै उपस्थितिमा
महामन्त्री कृष्ण सिटौला र डा. मिनेन्द्र
रिजाललगायतको संयुक्त बैठक बस्छ । सोही बैठकको
आधारमा सत्ता पक्षले ल्याउने जुनसुकै प्रस्तावलाई
पनि असफल बनाउने योजनामा अगाडि बढ्छ ।
पछिल्लो दिन भारतीय राजदूत रणजित राय, रअका
उच्च अधिकारी, भारतीय सेनाका पूर्व जनरल अशोक
मेहतालगायतको अवाञ्छित चलखेल तथा निर्देशका
आधारमा कांग्रेस चलेको स्वयम् गिरिजाप्रसाद
कोइरालाकी पुत्री सुजाता कोइरालाले बताएकी
छिन् ।
भूकम्प पीडितलाई राहत दिन रोक्ने, नाकाबन्दी
खोल्नेतर्फ पहल नगर्ने, सदन समेत अवरुद्ध गर्ने,
चारैतिरबाट खड्ग ओली नेतृत्वको वर्तमान सरकारलाई
नाकाबन्दी गरेर असफल पार्ने दाउमा कांग्रेस
लागेको छ । जोलीको योजनालाई हुबहु
कार्यान्वयन गर्ने जिम्मा कहिल्यै प्रधानमन्त्री समेत
हुन नसकेका र पार्टी सभापति पनि हुन नसक्ने
रामचन्द्र पौडेलले लिएका छन् ।
मंगलबार साँझ सभामुख ओनसरी घर्तीको कार्यकक्षमा
भएको प्रमुख दलको शीर्ष नेताको बैठकमा समेत
पौडेलले भारतको मनसाय नबुझी अगाडि बढ्न नहुने र
जोली काठमाडौंमा नै रहेको भन्दै उनलाई साक्षी
राखेर मात्रै सहमति हुनुपर्ने बताएका थिए । कांग्रेस
नेतृ कोइरालाले त रामचन्द्र पौडेल हरेक दिन जसो
भारतीय दूतावास जाने र मन्त्रणा गरेर फर्कने गरेको
मोरङ–काठमाडौं समाजले आयोजना गरेको
सार्वजनिक कार्यक्रममा नै बताएकी थिइन् ।
जनआह्वान साप्ताहिकमा खबर छ ।
Home »
Nepali News
» काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदी दूत
जोलीको पाउमा पर्ने को- को ?
काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदी दूत जोलीको पाउमा पर्ने को- को ?
Posted by Unknown
Posted on 8:29 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment