Home » » पुरुष यसकारण परिपक्व महिलासँग आर्कषित हुन्छन्

पुरुष यसकारण परिपक्व महिलासँग आर्कषित हुन्छन्


महिलासँग पुरुष आर्कषित हुनु सामान्य
विषय हो । तर पूरुषहरु आफूभन्दा परिपक्व
महिलासँग आर्कषित भएको घटनाले
समाजमा ठूलै चर्चा पाउँछ । छिमेकदेखी
कार्यालयसम्म यस्तो सम्बन्ध बनेको
देखिन्छ । आजकल चलचित्रमा समेत
यस्ता सम्बन्धहरुको वास्तविक देखाइन
खोजिन्छ । उमेरसँगै महिलाको
सुन्दरतामा ह्रास आउँदै गरेपनि त्यहाँ
केही सकारात्मक कुराहरु देखिन्छन् ।
त्यस्ता कुराहरुलाई नजिकबाट
नियाल्ने पूरुषहरु विवाहित महिलासँग
समेत नजिक हुन्छन् । के के छन् त यस्ता
कुराहरु जसले परिपक्व महिलालाई
पूरुषको समीपमा ल्याउँछ । केही
मनोवैज्ञानिकहरु ४५ देखी ५० वर्षको
उमेरसम्म महिलामा सेक्सको उत्तेजना
बढ्ने बताउँछन् । उनीहरु कम उमेरका
महिलाले भन्दा बढी सन्तुष्टी पूरुषलाई
दिनसक्छन् । त्यसैले पूरुषहरु परिपक्व
महिलासँग नजिक हुन्छन् । उमेरभन्दा
बढीका महिला र कम उमेरका
पूरुषबीचको सामिप्यताका अन्य कारण
यस्ता छन् ः

जिम्मेवार हुन्छन् :
परिपक्व महिला परिपक्व महिलाहरु
आफ्नो जिम्मेवारी मज्जाले निभाउँछन्
। उनीहरु अफ्टेरा परिस्थितीमा पनि
सोचेर निर्णय लिन्छन् । उनीहरु पूरुषसँग
आफ्नो थुप्रै अनुभव पनि बाडँछन् ।
त्यसैकारण पनि पूरुषहरु त्यस्ता अनुभव
सुन्न र उनीहरुले गर्ने सहज र सरल
व्यवहारका कारण परिपक्व महिलासँग
आर्कषित हुन्छन् । घरका बृद्ध
व्यक्तिदेखि बच्चासम्मलाई कसरी केयर
गर्ने भन्ने सम्बन्धमा परिपक्व
महिलालाई राम्रो ज्ञान हुन्छ ।

सन्तुष्ट राख्छन् :
परिपक्व महिलाले थुप्रै अध्ययनहरुले
देखाएका छन् कि पुरुषनजिक हुनका
लागि धेरै समय लगाउँदैनन् । तर
महिलाहरु खुलेर कुरा गर्न लामो समय
प्रतिक्षा गर्छन् । महिला यौनका
विषयमा आफूभन्दा कम उमेरका
व्यक्तिसँग यसकारण पनि नजिक हुन्छन्
किनकी उनीहरुलाई कम उमेरका व्यक्ति
इनरजेटिक लाग्छन् । महिलाहरु यौन
सुरक्षा पनि चाहन्छन् र उनीहरु
शारिरीक तथा भावनात्मक दुबै रुपमा
निकटता चाहन्छन्, त्यसैले कम उमेरका
पूरुषसँग महिलाहरु सहज हुनसक्छन् ।
परिस्थितीलाई सम्हाल्न सक्छन् :
पूरुषहरु यसकारण पनि बढी उमेरका
महिलालाई खोज्छन् किनकी त्यस्ता
महिलाले जस्तोसुकै परिस्थितीलाई
पनि नियन्त्रणमा लिनसक्छन् ।
जीवनमा आएका थुप्रै उतार चढावलाई
नजिकबाट नियालेका महिलाहरुले
जीवनलाई सहज बनाउन भूमिका खेल्छन्
। आर्थिकदेखी भावनात्मक
अवस्थासम्मलाई उनीहरुले सन्तुलित
रुपमा मिलाउन सक्छन् ।

समझदार हुन्छन् :
परिपक्व महिलाहरु समझदार हुन्छन् ।
उनीहरु आफ्ना पार्टनरसँग राम्रो
सम्बन्ध राख्न सक्छन् । ठूला ठूला
मुस्किलहरुमा उनीहरुको भूमिका
महत्वपूर्ण देखिन्छ जबकी कम उमेरका
महिलाहरु समस्या परेपछि आत्तिन्छन् र
उम्कन खोज्छ । परिपक्व महिलाहरु
आफ्नो रिसलाई समेत नियन्त्रणमा
राखेर कुरा गर्न अघि सर्छन् र समस्याहरु
हल गर्ने प्रयास देखाउँछन् । ख्याल
राख्ने, बुझ्ने लगायतका खुबी परिपक्व
महिलामा हुन्छ । त्यसैले पूरुषहरु आर्कषित
हुन्छन् ।

उमेरसँग मतलब नराख्नेहरु :
आजकल दुनियाँमा उमेरसँग मतलब
नराख्नेहरु पनि धेरै छन् । त्यस्ता व्यक्ती
परिपक्व महिलासँग आर्कषित हुनु
अस्वभाविक होइन । ४० को उमेर पार
गरिसकेका महिलाहरु पनि झन्डै ३०
वर्षका जस्ता देखिन्छन् । ब्युटी
प्रडक्टस्हरुले महिलाको अनुहारमा
उमेरको झल्को दिदैँनन् ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved