Home » » तातोपानी नाका खुल्दा अरनिको राजमार्गमा समस्या आउने....

तातोपानी नाका खुल्दा अरनिको राजमार्गमा समस्या आउने....


विकास समितिको प्रतिवेदन भन्छ- भारी सवारी साधन चल्दैनन्

१ पुस, काठमाडौं । चीनसँग जोडिएको बाटो तत्काल मर्मत नगर्ने हो भने तातोपानी नाका खुलेपछि अरनिको राजमार्गमा समस्या आउने एक अध्ययनले देखाएको छ । व्यवस्थापिका संसदको विकास समितिले गरेको स्थलगत अध्ययनले यस्तो समस्या औंल्याएको हो ।

भारतको अघोषित नाकाबन्दीपछि चीनबाट इन्धन ल्याउने तयारी भइरहेका बेला हालैमात्र विकास समितिले सडकको स्थलगत अध्ययन गरेको हो ।

समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ-‘अरनिको राजमार्गको काठमाडौ-दोलालघाट खण्डमा खासै समस्या देखिएन, तर, दोलालघाट-बाह्रबीसे खण्डमा केही ठाँउमा सडक भासिएको एवं कोठे, जुरे भन्ने स्थानमा सडकमा क्षति पुगेकाले ठाउँठाउँमा एक लेनमा चल्नुपर्ने अवस्था छ ।’

बैशाख १२ को भूकम्पपछि लामो समयसम्म बन्द रहेको यो सडक अहिले सञ्चालनमा छ । नेपाली भन्सार अधिकारीहरु पनि त्यहाँ गएका छन् । तर, चीनले आफ्नो भन्सार कार्यालय अझैसम्म खोलेको छैन ।

तातोपानी नाकाको अवलोकनपछि समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ- ती स्थानमा पनि सडक सञ्चालनमा हाल ठूलो समस्या नभएता पनि दोहोरो सवारी साधन र भारी सवारी सञ्चालनमा बाधा पर्ने अवस्था देखिन्छ ।’

बाह्रबिसे- कोदारी खण्डको झ्याले पहरो, घण्टे खोला तथा लिपिङ क्षतिग्रस्त भएको पाइएको छ । यस खण्डमा सहजरुपमा यातायात सञ्चालन गर्न समस्या देखिएको छ । ‘अहिलेको जस्तो सामान्य रुपको आवागमनका लागि बषर्ात् अगाडिसम्म सफा मौसममा यो सडक सञ्चालन हुन सक्न सक्छ’ प्रतिवेदनमा भनिएको छ ।

कोठेदेखि बाह्रबिसेसम्म मर्मत सम्भार तथा बाह्रबिसेदेखि कोदारीसम्म पुर्नःस्थापनाका लागि हालै मात्र दुई देशबीच साझेदारी भइरहेको छ । यसर्लार् छिटो गर्न चीन सरकारसँग निरन्तर सम्पर्कमा रही सहकार्य गर्दै बृहत स्तरोन्नति कार्य शुरु नहुञ्जेल सडक बिभागबाट सघन निगरानीमा आवश्यक मर्मत सम्भार गरेर सडक सञ्चालन सुचारु गर्नुपर्ने समितिको सुझाव छ ।

यो सडक खण्डमा आवश्यक मर्मत सम्भारमा बजेट र उपकरणसमेत प्राविधिक जनशक्ति पठाउनुपर्ने र सडकको कुनै पनि क्षेत्रमा फिल्ड केन्द्र राखेर परिचालित हुन सक्ने स्वरुपमा काम गरे मात्र तातोपानी नाका खुलेपछि सघन सवारी परिचालनमा सहयोग पुग्छ ।

समितिले भनेको छ- बसेको पहिरो चल्छ भन्दै सडकको पहिरो नउठाई एक लेनमा सडक सञ्चालन गरिरहेको अवस्था छ । नाका खुलेपछि अहिलेझैं ठाउँ-ठाउँमा एक लेनको सडकले काम नचल्न सक्छ । यसतर्फ सम्बन्धित विभाग सचेत रहन आवश्यक छ ।’

विकास समितिले तातोपानी नाका अविलम्ब सञ्चालनमा ल्याउन दुबै सरकारका उच्चस्तरका निकायबीच अविलम्व वार्ता गर्न सिफारिस गरेको छ । साथै अरनिको राजमार्ग बाह्रै महिना निर्वाध सञ्चालन हुने स्थितिमा राख्नु पर्ने र सडकको स्तरोन्नति गरी सम्भव ठाउँहरुमा ४ लेन र कम्तिमा २ लेनको फराकिलो बनाउन समितिले ध्यानाकर्षण गराएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved