तीनै जनामाथि प्रहरीले लगायो सार्वजनिक मुद्दा
जनकपुरधाम, ६ पुस । राष्ट्रपति विद्यादेवी
भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी
मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा
संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ
गरेको छ ।
पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले
सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र
रितेशकुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त
जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र
उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताउनुभयो
।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका
दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि
प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर
अनुसनधान सुरु गरेको हो ।
दुर्घटना हुँदा एकको मृत्यु
त्यसैगरी आज बिहान भएको ट्रक र पिकअप भ्यान
एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु
भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको
जानकारीअनुसार बिहान ३ः०० बजे धनुषा गणेशमान
चारनाथ नगरपालिका–७ गोदारसस्थित पूर्व–
पश्चिम राजमार्गमा ना.४ ख ९९०९ नम्बरको ट्रक र
पिकअप भ्यान एकापसमा ठक्कर खाँदा एक्कासि
आगलागी भई पिकअप चालकको जलेर मृत्यु भएको हो ।
हालसम्म निजको नाम थर वतन खुल्न नसकेको प्रहरीले
जनाएको छ । निज चालकको शव परीक्षणका लागि
जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । ट्रक र
पिकअप भ्यानमा लागेको आगो इलाका प्रहरी
कार्यालय ढल्केबरबाट गएको प्रहरी टोली र दमकलको
सहायताले बिहान ६ः०० बजे नियन्त्रणमा लिएको छ
।
ट्रकले अक्सिजन ग्याससहित किराना पसलका
सामग्री तथा पिकअप भ्यानमा पेट्रोलियम पदार्थ
ढुवानी गरेको भन्ने खुल्न आएको घटनाको सम्बन्धमा
थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ ।
रासस
0 comments:
Post a Comment